
काठमाडौं। काठमाडौंबाट चित्लाङ हुँदै हेटौंडा जाँदै गरेको टाटा सुमो आज विहान चन्द्रागिरी नगरपालिका–४ स्थित सेतो पहरामा दुर्घटना भएको छ।
थानकोटबाट चित्लाङतर्फ उकालो चढ्दै गरेको सो गाडीको इन्जिन धेरै तातिएपछि चालकले गाडी रोकेर यात्रुहरुलाई उतारेपछि गाडी भिरबाट दुर्घटनामा परेको थियो। टाटा सुमो ब्याक भएर सडकबाट खसेको प्रहरीले जनाएको छ।
उकालो ठाउँमा रहेको गाडी केहीबेरमा ब्याक हुँदै भीरबाट तल खस्न लाग्दा चालकले हामफालेर ज्यान जोगाएका थिए। चालक फरार भएका छन्।
थानकोटबाट चित्लाङतर्फ हेटौंडा जाने गणेशमान मार्गको सेतो पहरामा यसअघि पनि एउटा निजी जीप दुर्घटना हुँदा गाडीमा सवार एकै परिवारका सबैको निधन भएको थियो।
बिहीबार बिहान ९ बजेतिर ना १ ज ६२६१ नम्बरको उक्त टाटा सुमो दुर्घटनाबाट कुनै मानवीय क्षति नभए पनि सुमो क्षतिग्रस्त बनेको स्थानीयले जनाएका छन्।

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...