‘लोकप्रीय’ क्रिकेटर सन्दिप भन्छन्– ममाथि षडयन्त्र गर्नेहरुको नाम सार्वजनिक गर्छु – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

‘लोकप्रीय’ क्रिकेटर सन्दिप भन्छन्– ममाथि षडयन्त्र गर्नेहरुको नाम सार्वजनिक गर्छु

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लोकप्रीय क्रिकेटर सन्दीप लामिछानेले आफूमाथि ‘षड्यन्त्र’ भएको भन्खदै षड्यन्त्र गर्ने सबैको नाम छिट्टै सार्वजनिक गर्ने बताएका छन्।

बलात्कारको आरोप मुद्दामा जिल्ला अदालत, काठमाडौंबाट दोषी ठहर भएका उनले बुधबार राति सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन्। नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो पटक खेल्न लागेको टी–२० विश्वकपका लागि १५ सदस्यीय स्क्वाड घोषणा गरे लगतै उनले लगातार स्टाटस लेखिरहेका छन्।

उनले टोली घोषणाा भएपछि दुई वटा स्टाटस लेखेका थिए भने अन्तिम स्टाटस राति १२ बजे सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका थिए। पहिलो पटक इमोजी मात्र हालेका उनले दोस्रो स्टाटसमा आफू षड्यन्त्रको शिकार भएको बताएका छन्।

‘मैले लामो समय पोस्ट गर्नबाट आफूलाई टाढा राखें। म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन। यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवानले आशीर्वाद दिउन्। म सबै कुरा भगवानमा छोड्छु। सत्यतथ्य बाहिर नआएसम्म समयले बताउनेछ’, उनले लेखेका छन्।

तेस्रो स्टाटसमा भने यस षड्यन्त्रको भूमिका खेल्नेको नाम छिट्टै सार्वजनिक गर्ने उल्लेख गरेका छन्।

‘म सम्बन्धित अदालतको कानून र आदेशको सम्मान गर्दछु तर म यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने सबैलाई प्रतिज्ञा गर्दछु जो यस मुद्दामा संलग्न छन्।’

जिल्लाको फैसलामाथि उनले गरेको पुनरावेदन उच्च अदालतमा विचाराधीन छ। लामिछानेमाथि जिल्ला अदालतले गरेको फैसलालाई उनले सम्मान गरे पनि उनका समर्थकहरु भने उनलाई षडयन्त्रपूर्वक फसाईको जनाउँदै आएका छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ बैशाख २०, १७: २२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ बैशाख २०, १७: २२

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ बैशाख २०, १७: २२

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...