प्रेस स्वतन्त्रता विपरित सर्वोच्चको आदेशपछि प्रेस स्वतन्त्रताको पक्षमा लालटिन जुलुस – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

प्रेस स्वतन्त्रता विपरित सर्वोच्चको आदेशपछि प्रेस स्वतन्त्रताको पक्षमा लालटिन जुलुस

काठमाडौं। संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित हुने गरी सर्वोच्च अदालतले यसैसाता दिएको आदेशप्रति ध्यानाकषर्ण भएको भन्दै पत्रकारहरुले लालटिन बालेर प्रदर्शन गरेका छन्।

काठमाडौंको माइतीघर मण्डलामा विहीबार स्वतःस्फूर्ति भेला भएका पत्रकारहरुले विहान ७ः३० बजेदेखि ८ः३० बजेसम्म लालटिन बालेर पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा प्रदर्शन गरेका हुन्।

‘संविधानको पालना गर, प्रेस स्वतन्त्रता बहाली गर’, ‘प्रेस स्वतन्त्रता जिन्दावाद’, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौं’ भन्ने नारासहितका प्लेकार्ड प्रदर्शन गरिएको थियो।

सो अवसरमा श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैसी, पत्रकार खेम थपलिया, राम कार्की, धनबहादुर मगर, नवराज न्यौपाने लगायतले अदालतबाटै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवहेलना भएको, प्रमाण नष्ट गरेर छानविन गर्नु भनेर परस्पर अमिल्दो आदेश दिएको, प्रेस स्वतन्त्रता संकटमा पारेको, समाचार लेख्ने पत्रकारलाई फौजदारी अभियोग लगाइएको र संविधानलाई मिच्ने काम गरिएकोले संघर्षमा होमिन बाध्य भएको बताए।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ बैशाख २०, १७: ३५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ बैशाख २०, १७: ३५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ बैशाख २०, १७: ३५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...