
काठमाडौं। सूर्यदर्शन सहकारी र गोरखा मिडिया प्रालिका अध्यक्ष जीबी (गितेन्द्र बहादुर) राईको ‘हत्या’ भएको दाबी गर्ने झापा दमकका डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको छ।
खनालले जीबी राईको हत्या भएको दाबी गर्दै सामाजिक सञ्जाल ‘युट्युब’मा अन्तर्वार्ता दिएर अफवाह फैलाएको भन्दै प्रहरीले उनलाई मंगलबार नै पक्राउ गरेको प्रहरी परिषर काठमाडौंले जनाएको छ।
‘हिजो नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा रवीले म गृहमन्त्री भए २४ घण्टाभित्र पक्राउ गरेर ल्याउँछु भनेका थिए। अहिले किन पक्राउ गरेनन् त ? जिउँदो भए त पक्राउ गरेर ल्याउँथे नि। रविले आफ्नो पोल खुल्छ भनेर मारेर कुन नालीमा फाल्दिसके’, खनालले युट्युवसँगको अन्तर्वार्तामा भनेका थिए।
उनीविरुद्ध विद्युतीय अपराधअन्तर्गत झुटा अफवाह फैलाउन नहुने कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको जनाइएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...