
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विहीबार ४८ जना उपसचिवको पदस्थापन तथा सरुवा गरेको छ।
मन्त्रालयअनुसार अतिरिक्त समूहमा रहेका २० जना उपसचिवलाई प्रशासकीय अधिकृत र जिल्ला समन्वय अधिकृतमा सरुवा गरिएको छ।
हालै शाखा अधिकृतबाट उपसचिव भएका ३४ जनालाई पदस्थापन गरिएको हो। उनीहरूलाई पदस्थापन गर्नुपर्दा त्यहाँ कार्यरत १४ जनालाई सरुवा गर्नुपरेको मन्त्रालय स्रोतले जनायो।
अतिरिक्त समूहतर्फ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पितानाथ लुइटेल बाराको कोल्हवी नगरपालिका, सुरज श्रेष्ठलाई झापाको कन्काई नगरपालिका, धनेश्वर पौडेल लमजुङको थाइनास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन्।
हेर्नुस् सूची ।



ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...