‘मेक इन नेपाल’अभियानलाई आगामी वर्षको आर्थिक बजेटमा समेट्नु पर्छःअध्यक्ष अग्रवाल – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

‘मेक इन नेपाल’अभियानलाई आगामी वर्षको आर्थिक बजेटमा समेट्नु पर्छःअध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले ‘मेक इन नेपाल’ स्वदेशी अभियान नेपाली जनताको समृद्धिको आकांक्षा पुरा गर्न यो अभियानलाई आगामी वर्षको आर्थिक बजेटमा समेट्नु पर्ने बताएका छन् ।
आज परिसंघले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले यो अभियानले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि ठोस काम गर्न नेपाल सरकार, निजी क्षेत्र एवं सरोकारवालाहरुलाई झक्झकाइरहेको बताएका हुन् ।

‘मेक इन नेपाल’ अभियानमा १ सय ३५ स्वदेशी उद्योगहरू आबद्ध भइसकेका छन् । स्वदेशी अभियानका सदस्य कम्पनीहरूले आफ्ना वस्तुहरूमा निश्चित मापदण्ड र प्रक्रिया सहितको स्वदेशी लोगो गैँडा अङ्कित लोगो प्रयोग गरिरहेका छन् ।

स्वदेशी अभियानमा जोडिएका उद्योगहरूका लागि नीतिगत वकालत गर्ने, नेटवर्किङ र बजारीकरणमा सहयोग गर्ने, उत्पादनको प्रवर्द्धन गर्ने लगायतका काममा परिसंघले सहयोग गर्दै आइरहेको छ ।

अग्रवालले ‘चालू आर्थिक वर्षको बजेट भाषणमा २० प्रतिशतसम्म महँगो भएपनि नेपाली वस्तु उपभोग गर्नुपर्ने प्रावधान कायम गरिएतापनि हालसम्म सो व्यवस्था लागू हुन सकेको छैन ।’आगामी वर्ष यस व्यवस्थालाई अनिवार्य गरिनु पर्छ समेत उनले बताए ।

सम्बन्धित समाचार

दसैं मनाएर उपत्यका फर्किने बढ्दै
दसैं मनाएर उपत्यका फर्किने बढ्दै
  • २०८१ बैशाख २५, ११: ३४

काठमाडौं : दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ...

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
  • २०८१ बैशाख २५, ११: ३४

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
  • २०८१ बैशाख २५, ११: ३४

तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...