‘प्रहरी अतिरिक्त महानिरिक्षक बज्राचार्यसहित १० लाई कारबाही गर्नू’ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
सुन तस्करी जाँचवुझ आयोगको प्रतिवेदन कार्यान्वयन समितिको निष्कर्ष–

‘प्रहरी अतिरिक्त महानिरिक्षक बज्राचार्यसहित १० लाई कारबाही गर्नू’

 

काठमाडौं। सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न गठित समितिले प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) किरण बज्राचार्यलाई कारबाही गर्नु भनी सरकारलाई राय दिएको छ।

गृहमन्त्री लामिछाने र प्रहरी महानिरिक्षक बसन्त कुँवरले आयोगले दोषी ठहर गरी कारबाहीको सिफारिस गरे पनि एआईजी बज्राचार्यलाई पुरस्कृत गर्दै नेपाल प्रहरीको कार्य विभागको प्रमुख जस्तो महत्वपूर्ण जिम्मेवारी दिएका थिए।

गृह मन्त्रालयका सहसचिव भरतमणि रिजाल नेतृत्वको समितिले प्रतिवेदन अध्ययन गरी मंगलबार बुझाएको रायमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की तत्कालीन प्रमुख एआईजी बज्राचार्यसहितका अन्य प्रहरी अधिकृतहरूलाई प्रहरी नियमावली–२०७१ बमोजिम कारबाही गर्न राय दिएको हो।

त्यस्तै, सहसचिवहरु झलकराम अधिकारी र अरुण पोखरेल समेतका कर्मचारीलाई निजामती सेवा ऐन–२०४९ अनुसार कारबाही गर्न भनिएको छ। समितिले १० जना अधिकृतहरूलाई कारबाही गर्नुपर्ने राय बुझाएको हो।

गत चैत ११ गते उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहसचिव रिजालको नेतृत्वमा समिति गठन गरेका थिए। समितिमा प्रहरी नायव महानिरिक्षक (डीआईजी) भीम ढकाल र उपसचिव रामबहादुर शाही सदस्य थिए।

गत असोजमा पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की तत्कालीन एआईजी बज्राचार्य, एसपी सञ्जय सिंह थापा, डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाललाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो।

आयोगले काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका महान्यायाधिवक्ता वासुदेव शर्मा र जनक घिमिरेलाई विभागीय कारबाहीको सिफारिस गरिएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ बैशाख २५, १७: ५९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ बैशाख २५, १७: ५९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ बैशाख २५, १७: ५९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...