
काठमाडौं। नेपाली कांग्रेसले सहकारी ठगीको आरोप लागेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन गठन गर्न सत्तापक्ष तयार नभएसम्म संसद चल्न नदिने अडान राखेको छ।
सभापति शेरबहादुर देउवाले बुधबार बोलाएको शीर्ष तहका नेतासहितको बैठकले संसदीय छानबिन समिति बनाउने पूर्वअडान कायम राख्ने निर्णय गरेको उपसभापति धनराज गुरुङले बताए।
लाखौं जनता ठगिएको सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नभए संसद चल्न नदिने कांग्रेसको अडान रहेको उनको भनाई छ।
यही शुक्रबारदेखि संघीय संसदको बजेट अधिवेशन आव्हान भएको छ। गत वैशाख २ गते अन्त्य भएको संसदको अधिवेशनमा समेत कांग्रेसले गृहमन्त्री लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग गरेको थियो।
बुधबार बसेको कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको सो बैठकले गण्डकीको सरकारका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नपाउँदा पनि असंवैधानिक तरिकाले पाएको घोषणा गरिएकोमा कांग्रेसले आपत्ति जनाएको छ।
‘संविधानभित्र सबै हुनुपर्दछ। संविधानभन्दा माथि न राष्ट्रपति, न प्रधानमन्त्री, न न्यायाधीश, न सभामुख हुन्छ । संविधानको अपव्याख्या गर्न पाइदैन’ बैठकपछि उपसभापति गुरुङले भने।
गण्डकी सरकार निर्माणमा असंवैधानिक कदम चालिएको भन्दै त्यसविरुद्ध न्यायालय जाने कांग्रेसले निर्णय गरिसकेको छ।
गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत माग्दा प्रस्तावको पक्षमा ३० मत परे पनि सभामुख कृष्ण धितालले मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए।
जवकी गण्डकी प्रदेश सभाका कूल सदस्य संङ्ख्या ६० मात्र छ । संविधान अनुसार बहुमत पाउन ५० प्रतिशतभन्दा बढी अर्थात ३१ जना सदस्यको समर्थन जरुरी छ।
सभामुखको सो कदम असंवैधानिक भएको भन्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए। गण्डकीका कांग्रेस सांसदहरुले सरकार निर्माणका क्रममा सत्ता गठबन्धनले असंवैधानिक काम गरेको सभापति देउवालाई ब्रिफ्रिङ पनि गरेका छन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...