
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिन कांग्रेस तयार रहे पनि कांग्रेसलाई बोल्न नदिने भएकाले सदन अबरोध भएको बताएका छन्।
प्रतिनिधि सभाको चौथो अधिवेशनको पहिलो दिन बसेका दुई वटा बैठक नियमित कार्यसूचीमा प्रव्ेश गर्न लाग्दा कांग्रेसले सहकारी ठगीका विषयमा संसदीय छानबिन समिति गठन नभएको भन्दै विरोध जनाएपछि आगामी जेठ १ गतेसम्मको लागि स्थगित भएको छ।
वैठकपछि कांग्रेस महामन्त्री थापाले भने ‘हामी गृहमन्त्रीलाई सदनमा बोल्न दिन तयार थियौं, तर गृहमन्त्रीले बोलेपछि कांग्रेसका कसैले बोल्न नपाउने भनेपछि हामीले सदनको नियमित कारबाहीको विरोध गरेका हौं।’
थापाले गृहमन्त्री रबी लामिछानेमाथि लगाएको आरोप पुष्टि नभए आफू राजनीति छाड्न तयार भएको समेत बताए। उनले भने, ‘गृहमन्त्री लामिछाने सहकारी ठगीमा संलग्न भएको धेरै प्रमाणहरु हामीसँग छन्, अहिले त उहाँले प्रहरी प्रशासन लगाएर वाँकी प्रमाण नष्ट गरिसक्नु भयो।’
थापाले वुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न नेपाल प्रहरीका एक जना प्रहरी निरिक्षक र एक जना प्रहरी नायव निरिक्षकमाथि गृह प्रसासनको चर्को दबाब दिएका कारण दुबै जना गंगालाल अस्पताल भर्ना भएको दाबी गरे।
थापाले भने, ‘गृहमन्त्री लामिछानेलाई ठगी प्रकरणबाट जोगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता केपी शर्मा ओली वासिङ मेसिन लिएर वस्नु भएको छ। महान्यायाधिवक्ताले प्रहरीले गरेको अनुसन्धानमाथि हस्तक्षेप गरेका छन्। गृहमन्त्रीको दबाबा थेग्न नसक्ने प्रहरी अधिकृतको हालत कस्तो छ, आईजीपीलाई सोध्नुस्।’
संसदको बैठकपछि गृहमन्त्री लामिछानेले आफूले निवेदन दिएर ऋण लिएको तथ्य पुष्टि नभए राजनीति छाड्न आफू तयार भएको भन्दै गगन थापा तयार हो? भनी प्रश्न गरेका थिए।
गृहमन्त्री लामिछानेका प्रश्नको जवाफm दिँदै थापाले भने, ‘पुष्टि भयो भने तपाईंले छोडे पनि हुन्छ। कहिले महान्यायाधिवक्ता, कहिले प्रहरी प्रमुखलाई बोल्न लगाउनै पर्दैन। संसदीय छानबिन समितिको नेतृत्व जसले गरे पनि हुन्छ । त्यहीँबाट पुष्टि गरे हुन्छ।’
सहकारीमा आममानिसको रकम फसेको र त्यो फिर्ता कसरी गर्ने? भनेर कांग्रेसले पीडितको पक्षमा माग गर्दा सरकार थर थर कामी रहेको थापाले दाबी गरे।
‘सभामुखले इशारा गर्ने, अनि गृहमन्त्री बोल्न खोजेजस्तो गर्ने? यहाँ मिलेमतो भएको कुरा हामीलाई थाहा छैन? जतिबेर बोले पनि हुन्छ हामी सुन्छौँ। गृहमन्त्री बोलेपछि कांग्रेस बोल्न पाउँदैन भन्ने?’, थापाको प्रश्न थियो ।
उनले आफूहरुको माग अब संसद्भित्र मात्रै सिमित नभएर अब सडकमा आउँने चेतावनी दिए। उनले भने, ‘नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएका बेला बनेको सुन तस्करी प्रकरणको अनुसन्धान रिपोर्ट किन लुकाउनुभएको ? त्यतिमात्रै बताइदिए हुन्छ । बुटवल वा पोखरामा भइरहेको अनुसन्धान किन रोकिएको ? त्यतिमात्रै बताइदिए हुन्छ।’
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...