सर्वोच्च अदालत अघि सन्दिपको पक्षमा नाराबाजी गर्ने डा.भुसाल पक्राउ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सर्वोच्च अदालत अघि सन्दिपको पक्षमा नाराबाजी गर्ने डा.भुसाल पक्राउ

काठमाडौं। बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका चर्चित क्रिकेटर सन्दीप लामिछानेको पक्षमा सर्वोच्च अदालत परिसर अगाडि नाराबाजी गर्ने डा.निकोलस भुसाल पक्राउ परेका छन्।

भुसाललाई आइतबार साँझपख नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए। सन्दीपको मुद्दाको फैसला तत्काल गर्नुभन्दै भन्दै नाराबाजी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

भुसाल अहिले पनि प्रहरी हिरासतमै रहेका छन्। चर्चित र लोकप्रीय क्रिकेट खेलाडी सन्दिप लामिछानेले जिल्ला अदालत काठमाडौंले दिएको आदेश चित्त नबुझी पुनरावेदन अदालतमा पुनरावेदन दिए पनि सुनुवाई हुने दिन महिनौंदेखि सर्दै आएको छ।

लामिछानेका समर्थकहरुले सन्दीपको पक्षमा सडकमा बारम्बार प्रदर्शन गर्दै आएका छन्। लामिछानेले आफूलाई फसाइएको भन्दै फेसवुक वालमा भावुक स्टाटस लेखेपछि उनको पक्षमा आवाज उठाउने र प्रदर्शन गर्नेहरु बढी रहेका छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ बैशाख ३१, १४: ११

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ बैशाख ३१, १४: ११

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८१ बैशाख ३१, १४: ११

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...