
काठमाडौ । टर्कीको राष्ट्रसंघीय मिसन कार्यालयमा जागिर लगाउने प्रलोभन देखाएर एक सय २४ जनाबाट चार करोड रुपैयाँ बढी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले राजधानीको चाबहिलबाट ४२ वर्षीय विनोद श्रेष्ठलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सानुराम भट्टराईले जानकारी दिए।
पोखरा महानगरपालिका ५ स्थायी घर भएका श्रेष्ठले मासिक एक हजार ४५० डलर तलब हुने प्रलोभन देखाएर एक सय २४ जनाबाट चार करोड ३४ लाख रुपैयाँ उठाएर फरार भएका थिए।
उनले विभिन्न व्यक्तिबाट सुरुमा ५० हजार लिएपछि दिल्ली पु¥याएर प्रतिव्यक्ति तीन लाख रुपैयाँका दरले पैसा उठाएर फरार भएका थिए।
श्रेष्ठले श्रीमती सुरुची भुजेल र सालो सुजन भुजेलको खातामा रकम जम्मा गराउन लगाउने गरेको प्रहरीले जनाएको छ। उनीहरू दुवैलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...