
काठमाडौं। नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गरे गृहमन्त्री रवी लामिछानेको राजीनामा नमाग्ने निष्कर्षमा पुगेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार एमाले संसदीय दलको बैठकमा संसदीय छानबिन समिति बनेपछि कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग्ने आशंका व्यक्त गरेका थिए।
एमाले अध्यक्ष ओलीको आशंकालाई चिर्दै कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गृहमन्त्री लामिछानेको राजीनामा नमाग्ने विश्वास दिलाएको एक नेताले बताए।
संसदीय छानबिन समिति बनेपछि गृहमन्त्री लामिछानेले राजीनामा दिने परिस्थिति आएमा सरकार ढल्ने भय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’मा देखिएको छ।
संकटग्रस्त सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समितिको माग कांग्रेसले निरन्तर गर्दै आएको छ।
प्रधानमन्त्री दाहालले भने समग्र सहकारीको समस्या समाधान गर्ने गरी छानबिन समिति बनाउन सकारात्मक देखिएको बुझिएको छ।
दाहालले माओवादी केन्द्रको संसदीय दलको बैठक समग्रतामा छानबिन समिति बनाउन सकिने संकेत यसअघि नै गरेका थिए।
सत्ताको प्रमुख घटक एमाले भने संसदीय छानबिन समितिका लागि तयार छैन। एमाले अध्यक्ष ओलीले संसदीय दलको बैठकमा बोल्ने क्रममा संसदीय छानबिन समिति बनेपछि कांग्रेसले नयाँ माग तेर्साउने आशंका व्यक्त गरेका थिए।
गृहमन्त्रीको राजीनामा नमाग्ने सहमति कांग्रेस शीर्ष नेताबीच शनिबार बिहान भएको थियो। महामन्त्री गगन थापाले छानविन समितिपछि गृहमन्त्रीको राजीनामा नमाग्ने शुक्रबार नै वताएका थिए।
आइतबार बिहान प्रधानमन्त्रीले कांग्रेसलाई छलफलका लागि बोलाएका थिए । सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभामा दलका नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका थिए ।
बैठकपछि प्रमुख सचेतक लेखकले प्रधानमन्त्री छानविन समिति बनाउन सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए।
दुई दिन पछि पुनः बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले आज साँझसम्म प्रधानमन्त्री प्रचण्डले छानविन समिति बनाउने सहमति गर्ने अपेक्षा गरेका छन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...