
काठमाडौं। सहकारी ठगी प्रकरणमा गृहमन्त्री रबी लामिछानेको संलग्नता रहेको गुनासो आएपछि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले माग पुरा नभएसम्म सदन अवरोध गर्ने अडान लिइरहेको छ।
संसद अवरोध हटाउने उद्देश्यले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित गृहमन्त्री रबी लामिछानेलाई राखेर गरेको बैठकले समेत निकास दिन सकेको छैन।
तीन नेताको बैठकपछि वाहिरिएका उपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबी लामिछानेल संसदमा आफ्ना कुरा राख्न पाउनु पर्ने प्रतिक्रिया दिए।
उनले आफूमाथि लागेका आरोपबारे संसदमा आफू बोल्न पाउनुपर्ने भन्दै त्यसपछि संसदीय छानबिन समिति गठन गर्ने वा नगर्ने विषयमा छलफल गर्न सकिने बताए।
भोलि १ जेठको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त वैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम छ। तर कांग्रेस भने संसदीय छानबिन समिति गठन नभएसम्म सदनको नियमित कारबाही चल्न नदिने अडानबाट पछि हटेको छैन।
सत्तारुढ दलका शीर्ष नेतासँगको बैठकपछि उनले भने “मैले एकपटक बोल्न पाउनुपर्छ भनेको छु,, मैले चुनौती पनि दिएको छु – मलाई जवाफ जहाँ दिए पनि हुन्छ । मैले आफूमाथि निरन्तर आरोप लागेपछि एकपल्ट जवाफ दिन पाउनुपर्छ।’
गृहमन्त्री लामिछानेले सार्वभौम संसद्मा बोल्ने अधिकार आफ्नो पनि भएको भन्दै त्यसपछि के गर्ने भन्ने गरौँला भन्दै हात बाँधेर छिर्न नदिने, अनि किन डराएको भन्ने लोकतान्त्रिक अभ्यास नभएको गुनासो गरे।
उनले भने ‘फौजदारी आरोप लगाउने? किन डराएको भन्ने? पहिला मेरो कुरा सुन्न तयार हुनुपर्छ । बोल्न नदिएर, वेल घेरेर समिति बनाउनुपर्छ भन्नु न्यायसंगत हो? आफ्ना कुरा स्पष्ट पारौँ । त्यसपछि मात्रै समितिका विषयमा छलफल गरौँला।’
उनले आफूलाई रोष्ट्रममा जान नदिइएको उल्लेख गर्दै प्रश्न गरे–सभामुखले बोलाउँदा पनि जान नदिने ? मागमाथि माग राखेर हुँदैन । पहिला प्रधानमन्त्रीको जवाफ मागियो, त्यसपछि गृहमन्त्रीको भनियो । एउटा मान्छेमाथि जवाफ मागेपछि संसदको लोकतान्त्रिक रक्षा गर्नुपर्दैन कांग्रेसले?’
त्यसको अघिल्लो दिन संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पमकम दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बोलाएका थिए ।
सिंहदरबारमा भएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री लामिछानेले आफूमाथि लागेको आरोपको जवाफ दिन पाउनुपर्ने बताएका छन् । उनले अगाडि भने, ‘एक पटक जवाफ दिन पाउनुपर्छ, त्यसपछि अरु कुरा गर्न सकिन्छ ।’
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...