रबीलाई बोल्न दिने प्रधानमन्त्रीको प्रस्तावमाथि कांग्रेस नेताहरु छलफलमा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

रबीलाई बोल्न दिने प्रधानमन्त्रीको प्रस्तावमाथि कांग्रेस नेताहरु छलफलमा

काठमाडौं। उपप्रधानमन्त्री रबी लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन माग गर्दै संसद अबरुद्ध गर्दैै आएको नेपाली कांग्रेसले लामिछानेलाई संसदमा बोल्न दिने विषयमा छलफल गरिरहेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लामिछानेलाई संसदमा बोल्न दिनको लागि कांग्रेससँग प्रस्ताव गरेका थिए। प्रधानमन्त्री दाहालको सो प्रस्तावका विषयमा छलफल गर्न नेपाली कांग्रेसका नेताहरू जुटेका छन्।

कांग्रेस संसदीय दलको कार्यालयमा महामन्त्री गगन थापा, राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, प्रतिनिधि सभाका प्रमुख सचेतक रमेश लेखकलगायतका नेताहरू छलफलमा जुटेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजमात्रै गृहमन्त्री लामिछानेलाई संसद्मा बोल्न दिन कांग्रेससँग आग्रह गरेका छन्। गृहमन्त्रीलाई बोल्न दिए संसदीय छानबिन समिति गठन गर्ने उनले आश्वासन दिएका छन्।

कांग्रेसले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै संघीय संसद्का दुवै बैठक अवरोध गर्दै आइरहेको छ। तर प्रधानमन्त्री दाहाल भने लामिछानेको नाम नलिई संसदीय छानबिन समिति गठन गर्न जोडबल गरिरहेका छन्।

 

आज ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दलहरूबीच सहमति नभएपछि ४ बजेसम्मको लागि स्थगित गरिएको छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ ३, १६: १३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ जेष्ठ ३, १६: १३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ जेष्ठ ३, १६: १३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...