
काठमाडौं। प्रतिनिधिसभाको साँझ ६ बजे बसेको बैठकमा गृहमन्त्री रबी लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै विरोध जनाएको कांग्रेसका सांसदहरुसँग सत्तारुढ एमाले सांसदहरुको घम्सा घम्सी परेको छ।
सभामुखको अघि वेल घेराउसँगै संसदीय छानबिन समितिको माग गर्दै नारावाजी गरेका कांग्रेसका सांसदहरुलाई एमाले संसदीय दलका प्रमुख सचेतक महेश वर्तौला, सांसद ठाकुर गैरे, सूर्य थापा, रक्षा मन्त्री हरि प्रसाद उप्रेति लगायतले धकेलेका थिए।
कांग्रेसका सांसदहरुको नाराबाजीका बाबजुद सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको एउटा पत्र पढेर सुनाएका थिए। उनले राष्ट्रपतिले गत वैशाख २३ गते प्रमाणीकरण गरेको खाद्य सुरक्षा सम्वन्धी विधेयक प्रमाणीत भएको जानकारी दिएका थिए।
एउटा पत्र पढीसकेपछि रोकिएका सभामुख घिमिरले एक्कासी उपप्रधानमन्त्री तथा गृहमन्त्री रबी लामिछानेले बोल्न समय माग गरेको र बोल्न दिनुपर्छ भन्ने माग भएकोले भन्दै बोल्न अनुमति दिए।
गृहमन्त्री नाराबाजीका बाबजुद रोष्टममा जान नपाएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीलाई किन बाटो छेकेको भन्दै कांग्रेस उपसभापति धनराज गुरुङसँग चर्का चर्की गर्दै हप्काएका थिए।
ओलीको चर्को स्वरको गुरुङले चोरी औंला ठड्याउँदै विरोध जनाएपछि ओलीसँगै रहेका संसदीय दलका प्रमुख सचेतक महेश वर्तौला अघि बढ्दै सांसद गुरुङ र हृदयाराम थानी र रामनाथ अधिकारीलाई धकेलेका थिए।
उनीहरुसँगै एमालेका अन्य सांसदहरु कांग्रेसका नाराबाजी गरिरहेका सांसदलाई धकेल्न पुगेका थिए। त्यसपछि सभामुख घिमिरेले अत्तालिँदै संसदको बैठक शुक्रबार विहान ११ बजेसम्मको लागि स्थगित गरेका थिए।
सभामुखले संसद बैठक स्थगित भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालसँग कांग्रेस प्रवक्ता प्रकाशशरण महतको चर्काचर्की परेको थियो। एमाले सांसदहरु विरोध जनाई रहेका कांग्रेसका सांसदसँग जाईलागे पछि लोकतान्त्रिक समाजबादी पार्टीका नेता शरतसिंह भण्डारीले प्रतिरोध गरेका थिए।
सो क्रममा कांग्रेस सांसद बीरबहादुर बलायरले एमालेका सांसदहरुलाई वेलबाट सिट तिरै धेकेलेपछि स्थिति तनवापूर्ण भएको थियो।


ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...