
काठमाडौ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवी लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठनको मागमा अडिग रहने निर्णय गरेको छ।
शुक्रबार बसेको संसदीय दल बैठकले प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुखको भूमिका तटस्थ र निष्पक्ष नरहेको ठहर समेत गरेको छ।
बैठकपछि पत्रकारहरुसँग कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सहकारीको रकम ठगीमा गृहमन्त्री लामिछाने संलग्न रहेको प्रमाण सार्वजनिक भएकोले उनीमाथि छानविनको माग पुनः जोडदार रुपमा राखिएको बताए।
सरकार नै सहकारी ठगीमा लागेकालाई बचाउन लागिपरेको ठहर कांग्रेसले गरेको उनले जानकारी दिए। ‘सरकारलाई यस्ता जनहितविरोधि काममा नलाग्न चेतावनी दिएका छौं,’ लेखकले भने।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...