अमेरिकी पूर्वसभामुख पेलोसीका पतिलाई आक्रमण गर्ने ट्रम्प समर्थकलाई ३० वर्ष जेल – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

अमेरिकी पूर्वसभामुख पेलोसीका पतिलाई आक्रमण गर्ने ट्रम्प समर्थकलाई ३० वर्ष जेल

काठमाडौं। अमेरिकी संसदकी पूर्वसभामुख न्यान्सी पेलोसीका पति पाउल पेलोसीलाई सांघातिक हमला गर्ने डेभिड डिपेपमाथि आक्रमण गर्ने व्यक्तिलाई ३० वर्षको जेल सजाय सुनाइएको छ।

अक्टोबर २०२२ मा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थक डिपेपले घातक हमला गरेका थिए। क्यालिफोर्नियाको अदालतले शुक्रबार डिपेपलाई ३० बर्षको जेल सजाय सुनाएको हो।

न्यायाधीशले डिपेपलाई अपहरणको अभियोगमा २० वर्ष र आक्रमणको अभियोगमा ३० वर्षको सजाय सुनाएको छ। पल पेलोसीमाथि यो हमला उनको सान फ्रान्सिस्कोको घरमा राति २ बजे भएको थियो।

आक्रमणकारीले पलको टाउकोमा हथौडाले प्रहार गरेका थिए। घटना सीसीटीभी क्यामेरामा कैद भएको थियो।

डिपेपले अदालतमा आफूले न्यान्सी पेलोसीमाथि हमला गर्न गएको बताएका थिए। यसका लागि उनले युनिकर्न ड्रेस (यस्तो पहिरनले कम चोटपटक लाग्ने) लगाएर आक्रमण गर्दा न्यान्सी पेलोसीको आवाज रेकर्ड गरी अनलाइनमा अपलोड गर्ने योजना बनाएको थियो।

उनको आक्रमणको समयमा न्यान्सी त्यहाँ उपस्थित थिएनन्। जसका कारण उनले पेलोसीका श्रीमानमाथि हमला गरेको बताएका थिए।

सन् २०२० को अमेरिकी राष्ट्रपतिको चुनावमा डोनाल्ड ट्रम्पलाई धाँधली गरेर पराजित गर्ने षड्यन्त्र गर्नेहरूमध्ये न्यान्सी पनि थिए भन्ने डिपेप विश्वास गर्छन्। यस अवधिमा ट्रम्पले उत्तेजक बयान दिएका थिए, जसले डिपेपलाई प्रभावित बनाएको थियो।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ ६, १३: १०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ जेष्ठ ६, १३: १०

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ जेष्ठ ६, १३: १०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...