
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरुले अवरोध गरेपछि संसद बैठक स्थगित १५ मिनेटका लागि स्थगित भएको छ।
नेपाली काग्रेसका सांसदहरुले सभामुख अघिको बेलमा गएर नारावाजी गरेका थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजबादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले उभिएर विरोध जनाएका थिए ।
नाराबाजी र विरोध गर्ने सांसदहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेका छन्।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रतिनिधिसभको नियमावली बमोजिम विश्वासको मत लिने प्रस्ताव पेश गर्न अनुमति दिए पनि विपक्षी दलका सांसदको अवरोधका कारण प्रस्ताव पेश गर्न नसकेपछि संसदको वैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...