
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको बैठकमा संसदीय छानबिन समितिको माग गर्दै संसदमा नाराबाजी गरिरहेका कांग्रेस सांसदप्रति गम्भीर आक्रोस पोखेका छन्।
प्रधानमन्त्रीको रुपमा विश्वासको मत माग्ने प्रस्ताव टेवल गरेपछि निर्णयार्थ प्रस्ताव गर्ने क्रममा भने, ‘नेपाली कांग्रेसले गलत गर्दैछ। तपाईंहरुको यो गतिविधि इतिहासमा स्थापित गर्नु भयो, कलंकको रुपमा।’
कांग्रेस र लोकतान्त्रिक समाजबादी पार्टीका सांसदहरुको नाराबाजीबीच नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रस्तावको समर्थन गरेका थिए।
कांग्रेसप्रति निकै आक्रमक देखिएका प्रधानमन्त्री दाहालले भने, ‘अवरोध गरिरहेका सांसदहरु खासगरी नेपाली कांग्रेसका माननीयहरुलाई भन्न चाहन्छु, तपाईंहरुले बहुत गल्ती गर्नु भयो। जुन प्रधानमन्त्रीले तपाइँहरुलाई पटक पटक साथ दियो र यो पटक पनि तपाइँहरुलाई संवाद र सहमतिको बाटोमा ल्याउन पहल गर्यो त्यही प्रधानमन्त्रीलाई विश्वासको मत लिन नदिएर इतिहासमा नराम्रो उदाहरण देखाउनु भयो।’
दाहालले भने, ‘तपाइँहरुको यो गतिविधि निकै चर्को हुने छ । नेपालको इतिहासमा राम्रैसँग कलंकको रुपमा स्थापित हुनेछ यो घटना।’
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...