चित्रबहादुर भन्छन्–गृहमन्त्रीको व्यवहारले नयाँ पार्टीमा भ्रष्ट चरित्र र सत्तामोह प्रष्ट देखियो – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

चित्रबहादुर भन्छन्–गृहमन्त्रीको व्यवहारले नयाँ पार्टीमा भ्रष्ट चरित्र र सत्तामोह प्रष्ट देखियो

काठमाडौं। सांसद चित्रबहादुर केसी अध्यक्ष रहेको राष्ट्रिय जनमोर्चाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवी लामिछानेको व्यवहारले नयाँ राजनीतिक शक्तिको भ्रष्ट चरित्र प्रष्ट भएको निष्कर्ष निकालेको छ।

सहकारीको वचत रकम अपचलनको आरोप लागेपछि गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग गर्दै राष्ट्रिय जनमोर्चाले ‘विगतमा अरूले बदमासी गरेका कारण मैले पनि गर्न पाउनुपर्दछ’ भन्ने लामिछानेको तर्कले भ्रष्ट चरित्र उदाङ्गो भएको जनाएको छ।

गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणलाई न्यायोचित देखाउन संसदमा बलमिच्याइँ गरेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको दाबी छ।

‘विगतमा अरूले बदमासी गरेका कारण मैले पनि गर्न पाउनुपर्दछ भन्ने उनको दाबीले कथित नयाँ शक्तिहरूको भ्रष्ट चरित्र तथा सत्ताका लागि जे पनि गर्न पछि नपर्ने सत्ता महत्वाकाङ्क्षा झन् नाङ्गो रूपमा अगाडि आएको छ’, केसीले विज्ञप्तिमा भनेका छन्।

सहकारीको वचत रकम अपचलनमा गृहमन्त्रीमाथि छानबिन गर्न सत्तापक्ष डराएको भन्दै केसीले भने, ‘प्रतिपक्षीहरूले उठाएको संसदीय छानविन समितिको मागलार्ई सत्तापक्षले आफ्नो सरकार ढाल्ने अस्त्रको रूपमा गलत तरिकाले बुझ्दा संसदको गत्यावरोध लम्बिइरहेको छ।’

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ ७, १७: १०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ जेष्ठ ७, १७: १०

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ जेष्ठ ७, १७: १०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...