
काठमाडौं। संघीय संसदको सबैभन्दा ठूलो भएर पनि प्रमुख प्रतिपक्षी दलको मान्यता पाएको नेपाली कांग्रेसले प्रतिनिधिसभाका सभामुख देबराज घिमिरेको भूमिका पदीय गरिमाअनुकूल नभएको निष्कर्ष निकालेको छ।
विपक्षी दलहरूले वेल घेराउ गरिरहेको अवस्थामा संसद्को बैठक अगाडि बढाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको हो।
बैठकले सभामुख घिमिरेको भूमिका पदीय गरिमाअनुकूल नभएको ठहर गरेको हो।
‘कुनै एउटा पार्टी विशेषको कार्यकर्ताका रूपमा प्रस्तुत हुने कुरा सभामुखका लागि शोभनीय हुन्न’ कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने।
बैठकले सभामुखलाई संसदीय परम्परा जोगाउन, सभामुखको मर्यादा कायम राख्दै भूमिका निर्वाह गर्नसमेत आग्रह गर्ने निर्णय गरेको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...