सार्बजनिक जग्गा हडप्ने माओबादी नेतालाई कारबाही गर्न छानबिन समिति – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सार्बजनिक जग्गा हडप्ने माओबादी नेतालाई कारबाही गर्न छानबिन समिति

दमक। नेकपा माओवादी केन्द्र कोशी प्रदेश सदस्य दुर्गा चौलागाईं (श्रीकान्त)माथि सरकारी जग्गा हडपेर किर्तेगरी गैर–कानुनी रुपमा बेचेको आरोप पार्टीभित्रैबाट लागेको छ।

माओबादी कोशी प्रदेश समिति सदस्य भूमिका कोइरालाले आफ्नो ससुराको नाममा सरकारी जग्गा गैर–कानुनी रुपमा दर्ता गराई प्रदेश सदस्य चौलागाईंले बेचेको गम्भीर आरोप लगाएकी हुन्।

कोइरालाले दमक नगरपालिका वडा नम्बर १३ मा रहेको कि.न. १२४ को १३ धुर क्षेत्रफलको जग्गा चौलागाईंले ससुरा अग्निप्रसाद पाठकको नाममा २०६७ मा दर्ता गरेको आरोप लगाएकी हुन्।

उक्त जग्गा २०७९ मंसिर ७ गते दमकका स्थानीय नारायण बहादुर श्रेष्ठलाई ४७ लाखमा बिक्री गरेको खुलासा गर्दै उक्त सार्बजनिक जग्गा बिक्री काण्डको गम्भीररुपमा छानबिन गरी दोषीलाई कारबाही गर्न समेत उनले माग गरेकीछन्।

सो विषयमा माओबादी कोशी प्रदेश सचिव गणेश उप्रेतीसंग जिज्ञासा राख्दा सो बिषयमा पार्टीमा उजुरी परेको र पार्टीका नेता शिव डाँगीको नेतृत्वमा केही दिन अघि मात्र छानबिन समिति गठन भएको जानकारी दिए।

दमक खानेपानी तथा सरसफाइ समितिको गत चैत २३ गते भएको निर्वाचनमा खुल्ला सदस्य पदमा प्रतिस्पर्धा गर्दा पार्टीकै जिम्मेवार नेताहरु डम्बर पुलामी (कर्मा) र श्रीकान्तले आफुलाई हराउन षडयन्त्र गरेको र सामाजिक सञ्जालमा आफ्नो चरित्र हत्यागर्ने कार्य गरेको कोइरालाले आरोप लगाएकी छन्।

उनले गत चैत ३० गते पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै कोशी प्रदेश समितिमा उजुरी दर्ता गराएको पत्र हाल सार्बजनिक भएको छ।

श्रीकान्तले सार्वजनिक जग्गालाई नीजिकरण गरेर ४७ लाखमा बेचेको कोइरालाको आरोप छ। श्रीकान्तले पार्टीकै पैसा समेत अपचलन गरेको उनको दावी छ।

कोशी प्रदेश समितिका अर्का सदस्य कर्माले आफ्नै पार्टीका नेता तथा कार्यकर्ताहरुमाथि कुटपिट गरेको आरोप समेत उनले लगाएकी छन्।

वाइसिएल केन्द्रीय सचिवसमेत रहेका कर्मा गत वर्ष कारवाहीमा परेका थिए।

गत वर्ष साउनमा माओवादी कोशी प्रदेश समितिले उनलाई आर्थिक अपचलन र नेता तथा शुभचिन्तकमाथि अभद्र व्यवहार गरेको भन्दै प्रदेश समितिले कारवाही गरेको थियो। कारबाही स्वरुप उनी दुई महिना पार्टीको निलम्बनमा परेर फर्किएका हुन्।

अहिले कर्माले फेरि पुरानै हर्कत देखाउदै पार्टीका नेता तथा कार्यकर्तामाथि गुण्डागर्दीको व्यवहार गरेको कोइरालाको आरोप छ। आरोपित दुबैलाई कानुनी दायरामा ल्याइ कडाभन्दा कडा कारबाही गर्न उनले माग गरेकी छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ ७, १८: ३१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ जेष्ठ ७, १८: ३१

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ जेष्ठ ७, १८: ३१

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...