
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रबी लामिछानेलाई पक्राउ गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद पाण्डे सहकारी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको प्रमाणहरुले पुष्टि गरिसकेको जनाउँदै एउटै अभियोग लागेका एक सांसदलाई पक्राउ पूर्जी, अर्को सांसदलाई गृहमन्त्रीमा बस्न नमिल्ने जिकिर गरेका हुन्।
‘सहकारी ठगीको यस्तै अभियोगमा एकजना सांसद गीता बस्नेतलाई पक्राउ पूर्जी जारी गरेर फरार सूचीमा राख्नु पर्ने अनि उही अभियोगका अर्को सांसद रबी लामिछाने गृहमन्त्री हुनु पर्ने? यो कस्तो विडम्वना हो? कस्तो न्याय हो?’, सांसद पाण्डेको प्रश्न थियो।
पाण्डेले भने, ‘सांसद गीता बस्नेतलाई जस्तै गृहमन्त्री लामिछानेलाई पनि पक्राउ पूर्जी जारी गरी पक्राउ गरियोस्।’
सांसद पाण्डेले आईतबार गृहमन्त्री लामिछानेले सदनमा बोल्दा राष्ट्रिय सूचना बेच्ने एजेण्ट यही छन् भनेको प्रति आपत्ति जनाउँदै पाण्डले भने, ‘त्यस्तो एजेण्डलाई तत्काल गलहत्याएर सदनबाट निकालौं, होइन भने यस्तो निराधार आरोप लगाउनेलाई सदनबाट गलहत्याउन हामी तयार छौं।’
पाण्डेले गृहमन्त्री लामिछानेले संसद सदस्यमाथि यस्तो आरोप लगाएको विषय कि त प्रमाणीत गर्न या त त्यस्तो भाषण संसदको रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेसँग माग गरे।
गृहमन्त्री लामिछानेले आइतबार सदनमा कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र अन्य सांसदहरुमाथि लगाएको आरोप प्रमाणीत गर्नका लागि संसदीय छानबिन समिति नाम किटेर र समय तोकेर नजै टिओआर बनाउन चेतावनी दिए।
सांसद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार १६ महिनामा चौथो पटक विश्वासको मत लिन पाएकोमा गौरव महसुस गरेको प्रति व्यङ्ग्य गदैृउ यस्तो अवस्था आउनु प्रधानमन्त्रीको लागि गौरव नभएर लज्जा र अविश्वासको प्रतिक भएको बताए।
गृहमन्त्री लामिछानेले प्रतिशोध साँधेर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियालाई गिरफ्तार गरिएको हो भने त्यो कांग्रेसलाई सह्यि नहुने बताए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...