प्रतिनिधि सभामा जस्तै राष्ट्रियसभामा पनि नाराबाजीबीच २ प्रस्ताव पेश – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

प्रतिनिधि सभामा जस्तै राष्ट्रियसभामा पनि नाराबाजीबीच २ प्रस्ताव पेश

काठमाडौं। प्रतिनिधि सभामा जस्तै राष्ट्रिय सभाको मंगलबारको बैठकमा समेत राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुबै सदनमा पेश गरेको नीति तथा कार्यक्रम पेशसँगै गरेको सम्बोधनप्रति धन्यवाद प्रस्ताव नाराबाजीकाबीच पारित भएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणका आरोपी रबी लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै राष्ट्रिय सभामा नाराबाजी गरेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति राष्ट्रियसभा बैठकमा पेस गरेका थिए।

मंगलबारको राष्ट्रियसभा बैठकमा प्रतिपक्षी दलहरूको विरोधका बीच धन्यवाद प्रस्ताव पारित भएको थियो भने उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले राष्ट्रपतिद्वारा जारी लगानी सम्वन्धी अध्यादेश २०८१ सभासमक्ष पेश गरेका थिए।

ाष्ट्रियसभाको अर्को बैठक ११ जेठ शुक्रबार दिउँसो सवा १ बजे बस्ने गरी स्थगित भएको छ ।

यसअघि आजै बसेको प्रतिनिधि सभाको बैठकले पनि कांग्रेसको नाराबाजी र रोस्ट्रम घेराउकाबीच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित गरेको थियो।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ ८, १५: २०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ जेष्ठ ८, १५: २०

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ जेष्ठ ८, १५: २०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...