
विराटनगर। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सत्तामा बस्न नपाएर छट्पटाई रहेको आरोप लगाएका छन्।
विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग बोल्दै ओलीले भने, ‘एकछिन सरकारमा नहुँदा बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा एकछिन सत्तामा नहुँदा छटपटिनु र पानीबाट निकालेको बगरको माछा जस्तो भट्याक भट्याक गर्छ।’
उनले भने, ‘माछाले त गाली, बेइज्जती गर्न जान्दैन। कांग्रेसले त यता भेटे यतै उता भेट्यो उतै टोक्छ। जता फर्कियो जसलाई देख्यो त्यसैलाई टोक्छ। देशका समस्याहरूमा एकताबद्ध हुनुपर्नेमा कांग्रेसले सत्ताबाहेक केही देखेको छैन।’
उनले साम्प्रदायिकताको कुरा प्रतिगामी शक्तिहरू हौसिएकोले राष्ट्रलाई एक ठाउँमा उभ्याउनु पर्ने भन्दै कांग्रेसले सम्स्या बुझ्नै नसकेको र नबुझी बुढो भएको बताए।
उनले कांग्रेस नमिलेको खण्डमा पनि सरकारले पेलेरै आगामी आर्थिक वर्षको बजेट ल्याउन सक्ने सङ्केत गरे । ‘अहिलेसम्म कसरी बजेट पारित भएको छ ? घेराउ भएको छैन ? हामीले १२ पटक घेराउ गर्दागर्दै नारा लाउँदा लाउँदै पास भएको देख्नु भएको छैन ?,’ सञ्चारकर्मीले अब बजेट कसरी ल्याउनु हुन्छ भनेर सोधेको प्रश्नमा उनले जवाफ दिँदै भने, ‘त्यसबेला त प्रतिपक्षले यसरी हल्ला गर्नु नै हुँदैन भन्नुहुन्थ्यो नि त ।’
उनले भने, ‘संविधान बनाउन्जेल सहमति गरेर सुशील कोइराला प्रधानमन्त्री बन्नुभयो । त्यसपछि कांग्रेसले एमालेलाई दिने भनेको प्रधानमन्त्री दिएन । त्यसपछि कांग्रेसले राजनीतिमा बेइमानी सुरु ग¥यो । चलिरहेको सहकार्य, संविधान जारी गरेपछि त्यसलाई स्थिरता र स्थायित्वमा लानका लागि संरचना थिएन, कानुन थिएन । त्यो सहकार्यको आवश्यकता थियो । त्यो हामीले पनि भन्यौँ । हामीले त्यो प्रयास ग¥यौँ । कांग्रेसले त्यो बाटो नै छोड्यो ।’
ओलीले बेलुका रातभरि डेढ वर्षलाई प्रधानमन्त्री भन्ने त्यो मानेपछि भोलिपल्ट बिहान भ्रष्टाचारी भन्ने तरिका ठिक नभएको भन्दै रास्वपाका रवि लामिछानेको बचाऊ गरे ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...