
काठमाडौं। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अदालती प्रकृयाबाटै उनी निर्दोष हुने बताएका छन्।
राजधानीको चन्द्रागिरीमा बुधबार आयोजित एक कार्यक्रमपछि पत्रकारहरूसँग बोल्दै उनले भने ‘उहाँसँग केको रिसइबी? अदालती प्रकृयाबाट उहाँ निर्दोष हुनुहुन्छ। सिजलै छुट्नुहुन्छ। यो भईहाल्छ।’
प्रधानमन्त्री दाहालले सरकारले कान्तिपुरविरुद्ध कुनै पनि रिसइबी नसाधेको र सिरोहिया अदालती प्रक्रियाबाटै पक्राउ परेको बताए। उनले भने ‘यो बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन मलाई,उहाँसँग केको रिसइबी?’
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...