सिरोहियालाई हिरासतमा लिएर अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सिरोहियालाई हिरासतमा लिएर अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

 

जनकपुरधाम। जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिनको म्याद थपेर प्रहरी हिरासतमै राख्न अनुमति दिएको छ।

कान्तिपुरका अध्यक्ष सिरोहियालाई हिरासतमा लिएर अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

नागरिकतासम्बन्धी मुद्दामा मंगलबार कान्तिपुरको कार्यालयबाट पक्राउ गरेर धनुषा ल्याइएका सिरोहियालाई बुधबार जिल्ला अदालतका न्यायाधीश चुडामन खड्काको इजलासले उक्त आदेश दिएको हो।

प्रहरीले सिरोहियालाई १० दिन हिरासतमा लिएर अनुसन्धान गर्ने समय माग गरेको थियो भने सरकारी वकिलले पाँच दिनको समय मागेको थियो। तर खड्काको इजलासले भने तीन दिनको मात्र म्याद थप गरेको छ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको बचत अपचलन गरेको प्रमाणसहितका समाचार कान्तिपुरले श्रृंखलाबद्ध प्रकाशन र प्रसारण गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले प्रतिशोधस्वरुप सो कदम चालेको संचार संस्थाहरुको दाबी छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ ९, १६: ०७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ जेष्ठ ९, १६: ०७

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ जेष्ठ ९, १६: ०७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...