कांग्रेसको विरोधबीच सरकारको नीति तथा कार्यक्रम पारित – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
अर्थमन्त्रीलाई कांग्रेस मन्त्रीले छेके सत्ता पक्षकाले ठेले

कांग्रेसको विरोधबीच सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं। प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुको नाराबाजीबीच सरकारको नीति तथा कार्यक्रम पारित भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते पेश गरेको सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहालले सदन समक्ष पेश गर्दै सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएपछि निर्णयार्थ पेश हुँदा प्रस्तुत बहुमतले पारित भएको थियो।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवी लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेसले संसदमा अवरोध जारी राखेकाले नीति तथा कार्यक्रममा छलफल हुन पाएको थिएन।

तर, आइतबारको बैठकमा कांग्रेस सांसदहरुले नाराबाजीबीच नै सभामुख देवराज घिमिलेले प्रधानमन्त्री दाहालले सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्न र सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रमलाई अघि सारेका थिए।

छलफल अघि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेमकिपाका सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राखेका थिए तर ती दुवैको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।

संशोधनकर्ता सांसद केसीले सहकारीमा गठी गरी देशलाई थप बर्बाद पार्ने गृहमन्त्री रबी लामिछानेलाई सत्ता पक्षले जोगाएको भन्दै लोकतन्त्रलाई बद्नाम गरेको दाबी गरे। उनले सहकारी ठगलाई कारबाही गरिनु पर्छ भन्दै आफ्नो संशोधनको प्रस्ताव फिर्ता लिन चाहेनन्।

प्रतिनिधि सभाको अर्को बैठक मंगलबार दिउँसो चार बजेका लागि बोलाइएको छ । त्यसअघि मंगलबार नै दिउँसो १ बजे संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत हुने छ। सांसदहरुलाई पौने १ बजेभित्रै संसद बैठकमा आउन भनिएको छ।

सरकारको आर्थिक वर्ष २०८०–८१को सर्वेक्षण प्रतिवेदन सदनसमक्ष पेश गर्न रोष्टममा जान लागेका अर्थमन्त्री जनार्दन शर्मालाई नाराबाजी गरिरहेका कांग्रेसका सांसदहरुले आइतबार केही बेर वाटो छेकेका थिए।

कांग्रेस सांसद देवप्रसाद तिमिल्सिनासहितका सांसदले अर्थमन्त्री पुनलाई बाटो छेकेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवम् प्रमुख सचेतक सन्तोष परियार, माओबादी केन्द्रका सांसदहरु लेखनाथ दाहाल झोंक्किदै ठेल्न पुगेका थिए।

माओबादी सांसद महिन्द्र राय यादवले मर्यादापालकमार्फत नाराबाजी गरिरहेका कांग्रेस सांसदलाई धकेलेका थिए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ १३, १३: ५७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ जेष्ठ १३, १३: ५७

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ जेष्ठ १३, १३: ५७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...