
काठमाडौं। नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय संचार ग्राममा तालाबन्दी गरिएको छ।
महासंघका केन्द्रीय समितिका सदस्यहरूले आगामी जेठ २६ हुने निर्वाचनको पूर्वसन्ध्यामा सदस्यताको विषयलाई लिएर नेपाल पत्रकार महासंघका अध्यक्ष, महासचिव, पदाधिकारीहरु र निर्वाचन समितिको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।
विधान मिचेर अध्यक्ष, महासचिवसहितका पदाधिकारीले केन्द्रीय समिति, संगठन समिति र शुद्धीकरण कार्यदललाई समेत छलेर चोरबाटोबाट सदस्यहरुको सूचीलाई अन्तिम रुप दिन खोजेको भन्दै केन्द्रीय सदस्य छबी तिवारीले पहिलो चरणमा तालाबन्दी गरेको बताए।
सक्रिय पत्रकारलाई नविकरण सूचीबाट हटाउने र चोरबाटोको नामावली सूची नस्वीकार्ने बताउँदै केन्द्रीय समिति भित्रैका सदस्यहरुले शुरु गरेको सो संघर्षलाई कमजोर नठान्न उनीहरुले माग गरेका छन्।
महासंघको विधानमा केन्द्रीय, प्रदेश, जिल्ला, प्रतिष्ठान र एसोसिएटका सदस्य तथा पदाधिकारीको निर्वाचन हुनुभन्दा ६ महिनाअघि सदस्यताको टुंगो लागाउनु पर्छ।

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...