
काठमाडौं। झापास्थित गिरिबन्धु टि स्टेटको जग्गा सट्टाभर्ना गर्ने गरी कानून परिवर्तन गर्ने नेकपा एमाले नेतृत्वको सरकारको निर्णयलाई सर्वोच्च अदालतले भ्रष्टाचारजन्य कार्य भनी गरेको फैसलाको कुरा उप्काए नेकपा एमालेले प्रतिवाद गर्ने धम्की दिएको छ।
केपी ओली प्रधानमन्त्री हुँदा हदबन्दीभन्दा बढी चिया वगानको जग्गा सट्टाभर्ना गर्ने भनी गरेको निर्णयलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले गत माघ २४ गते फैसलामार्फत भ्रष्टाचारजन्य कार्य भनेको थियो।
त्यही विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका दलका नेताहरुले गिरिबन्धु टि स्टेटमा भएको भ्रष्टाचारका दोषीलाई कारबाही गर्नु पर्ने माग गरिरहेको बेला एमालेका नेताहरुले सो विषयमा ओलीको नाम जोडे प्रतिकार गर्ने धम्की दिएका हुन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार विहान बसेको बैठकपछि बाहिरिनेक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले ओलीको नाम जोडेर कांग्रेसले लान्छना लगाएको भन्दै लिखित रुपमा माफी माग्नुपर्ने नत्र प्रतिवादमा उत्रिने चेतावनी दिएका हुन्।
उनले एमाले अध्यक्ष ओलीलाई जोडेर कांग्रेसले मिथ्या आरोप लगाएको दाबी गरे।
‘पछिल्ला दिनमा एमाले र विशेषगरी पार्टी अध्यक्षविरुद्ध प्रायोजित, भ्रामक, प्रतिशोधपूर्ण, आधारहीन लान्छना घोषणा गरिरहेका छन्। सबैभन्दा पहिला कांग्रेसलाई यस्ता लान्छनाबाट पछि हट्न आग्रह गर्न चाहन्छु,’ उनले भने।
एमालेले गिरिवन्धु टि स्टेट प्रकरणमा सर्वोच्चले दिएको आदेश जस्तै भ्रष्टाचार र अनियमितता नभएको दाबी गर्दै आएको छ। एमालेको यस्तो रबैयाले उसले सर्वोच्चको आदेशलाई समेत चुनौति दिएको देखिन्छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...