गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै सर्वोच्चमा रिट – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

सहकारी ठगी प्रकरणमा जोडिएका लामिछानेलाई पदबाट हटाएर छानबिनको दायरामा ल्याउन माग गर्दै सोमबार मुद्दा दायर भएको हो।

अनुपम भट्टराईले लामिछानेविरुद्द रिट निवेदन दर्ता गराएका हुन्। उक्त रिटको जेठ १६ गते पेशी तोकिएको छ।

विपक्षी उपप्रधानमन्त्री तथा गृहमन्त्रीले धारण गरेको जिम्मेवारीले अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकूल असर पार्ने र प्राकृतिक न्यायको सिद्धान्त विपरीत समेत रहने स्पष्ट भएको हुँदा, अनुसन्धान प्रक्रिया चलिरहेको अवस्थामा गृहमन्त्रीको पदबाट निजलाई निलम्बन गर्नका लागि अन्तरिम प्रकृतिको उपयुक्त आदेश माग गरिएको छ।

गृहमन्त्री लामिछानेबिरुद्ध सहकारीको रकम अपचलन गरेको विरुद्ध सहकारीपीडितहरुले देशब्यापी आन्दोलन गरिरहेका छन्।

संसदमा भने नेपाली कांग्रेस, राप्रपा लगायतका दलले गृहमन्त्री लामिछिानेमाथि सहकारी ठगीमा कारबाही गर्न संसदीय छानबिन समितिको माग गरिरहेका छन्। तर, सत्तारुढ नेकपा एमाले र माओबादी केन्द्रले उनको बचाउ गरिरहेका छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ १४, १७: ३०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ जेष्ठ १४, १७: ३०

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ जेष्ठ १४, १७: ३०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...