साढे ५ खर्बको घाटा बजेटमा साढे ३ खर्बको विकास बजेट, होला त कार्यान्वयन? – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
कार्यान्वयनमा आशंका देखिएको काल्पनिक बजेट

साढे ५ खर्बको घाटा बजेटमा साढे ३ खर्बको विकास बजेट, होला त कार्यान्वयन?

काठमाडौं। नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको संयुक्त सरकारले आगामी आर्थिक वर्ष २०८१–०८२को लागि ल्याउको बजेटमा काल्पनिक र कार्यान्वयन हुने सम्भावना कम भएको देखिएको छ।

सरकारले चालु आर्थिक वर्षको संशोधित बजेटको तुलानामा साढे २१ प्रतिशतले ठूलो आकारको बजेटमा पाँच खर्ब ४७ अर्ब ६७ करोडको घाटा बजेट प्रस्तुत गरेको छ।

जबकी विकास बजेटको आकार भने ३ खर्ब ५२ अर्ब ३५ करोडको छ । विकास बजेटको आकार घाटा बजेटको तुलनामा साढे २ खर्बले घटी छ। यसले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको विकास बजेट कार्यान्वयन हुने सम्भावना चुनौतिपूर्ण देखिन्छ।

विकास बजेट कार्यान्वयनमा आशंका यस मानेमा देखिएको छ कि दुई खर्ब १७ अर्ब ६७ करोड रुपैयाँ बैदेशिक ऋणबाट घाटा बेहोर्ने भनिएको छ। वर्तमान सरकारको गति र मति हेर्दा दातृ निकायले ऋण त दिन सक्लान तर बजेटको मूल श्रोतमै वैदेशिक अनुदान ५२ अर्ब आउने भनी काल्पनिक र अविश्वस्नीय अनुमान पेश गरेको देखिन्छ।

बजेटको खर्च व्यहोर्ने स्रोतका रूपमा सरकारले आगामी आर्थिक वर्ष राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । जवकी यही वर्ष पनि १२ खर्ब राजश्व उठेको छैन र त्यसको करिव ८० प्रतिशत उठ्ने प्रक्षेपण सरकार आफैले गरेको छ।

त्यस्तै, कूल बजेटको वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड रुपैयाँ व्यवस्था गरिने बताएको छ। चालु आर्थिक वर्षको स्थिति हेर्ने हो भने यो आकारको अनुदान प्राप्त गर्नको लागि कुनै पनि देशले संकेत गरेका छैनन्। ५२ अर्बको बैदेशिक अनुदानको कल्पनासहित पेश गरेको बजेटमा त्यही पनि ५ खर्ब ४७ अर्ब ६७ करोड घाटा हुने देखिन्छ।

समग्रमा सरकारले ल्याएको आगमी वर्षको बजेटको स्रोत नै विश्वस्नीय देखिदैन। त्यसको उदाहरणको रुपमा वैदेशिक अनुदान ५२ अर्ब ३३ करोड रुपैयाँ प्राप्त हुने गरी उल्लेख भएको बजेटको आशालाई लिन सकिन्छ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ १५, १७: ४८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०८१ जेष्ठ १५, १७: ४८

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ जेष्ठ १५, १७: ४८

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...