
काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान मौलिक हकहरु धेरै भए पनि सोही बमोजिमका कानुन निर्माण गर्न सरकारले उदासिनता देखाउँदा संविधान कार्यान्वयनमा चुनौति देखिएको बताएका छन्।
जीपी कोइराला लोकतन्त्र संवद्र्धन केन्द्रले बुधबार राजधानीमा आयोजना गरेको ‘गणतन्त्रका १६वर्ष, नागरिकको अनुभूति, सुशासनको प्रत्याभूति?’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता सिटौलाले गणतन्त्र आएको १६वर्ष र सोही बमोजिमको संविधान जारी भएको ९ वर्षमा पनि मौलिक हकलाई प्रत्यभूत गर्ने कानुन बनाउन सरकार उदासिन भएको बताएका हुन्।
‘नेपालको संविधान विश्वको संविधानहरुमा सबैभन्दा धेरै मौलिक हक प्रत्याभूत गरिएको संविधान भएका हो। संविधान जारी भएको तीन वर्षभित्रमा मौलिक हकसम्वन्धी कानुन बनाई सक्नुपर्ने भए पनि अझै बनाउन सकिएको छैन’, सिटौलाले भने, संविधान कार्यान्वयन कति भयो? वा भएन र किन भएन? भने समिक्षा गर्ने वेला आएको छ।’
संविधानले परिकल्पना गरेअनुसार राज्यका संवैधानिक निकायहरुले कति दायित्व पुरा गरे, न्यायलय कति स्वतन्त्र, निष्पक्ष भएर चल्न सकेको छ? भनेर समिक्षा गर्नु पर्ने उनले बताए।
राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका सिटौलाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि निर्वाचन आयोग र अन्य आयागहरु राजनीतिक हस्तक्षेपबाट मुक्त भए नभएको विषयमा राजनीतिक दलहरुले नै समिक्षा गर्नु पर्ने खाँचो औंल्याए।
संस्थाका अध्यक्ष बलदेश तिमिल्सिनाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डीना’, केन्द्रीय सदस्य कुन्दनराज काफ्ले लगायतले सत्तामा बस्ने दलहरु नै संविधान कार्यान्वयनमा बाधक भएको बताए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...