बालेनलाई सडक डिभिजनको ‘अल्टिमेटम’– भत्काएको सडक दुई दिनमा बनाउनू! – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

बालेनलाई सडक डिभिजनको ‘अल्टिमेटम’– भत्काएको सडक दुई दिनमा बनाउनू!

काठमाडौं। सडक डिभिजन कार्यालय काठमाडौले नयाँ सडक गेटदेखि जुद्ध शालिकसम्मको सडक क्षेत्रमा भत्काएको सडक दुई दिनभित्र पूर्ववत अवस्थामा फर्काउन काठमाडौं महानगरपालिकालाई ‘अल्टिमेटम’ दिएको छ।

संघीय सरकार अन्तर्गत रहेको न्युरोड गेटदेखि जुद्ध शालिकसम्मको भागमा महानगरले सवारी साधन गुड्ने क्षेत्र घटाएर फुटपाथ थप्न थालेपछि डिभिजनले आपत्ति जनाउँदै रोकेको थियो।

आफ्नो मातहतको सडक घटाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको डिभिजन कार्यालयले अनुमति नदिए पनि महानगरले भत्काएपछि विवाद बढेको थियो।

सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख नारायणदक्त भण्डारीले बुधबार महानगरलाई पत्र लेख्दै भत्काएको सडक बनाउन अन्यथा सार्वजनिक सडक ऐन, २०३१ दफा १९ बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो।

दफा १९ मा ‘जसले सडक भत्काएको हो, उसले बनाउनु पर्ने र डिभिजनले बनाउनु पर्दा लागेको रकम बिगार्ने निकायबाट भराउने व्यवस्था छ।’

भण्डारीले पठाएको पत्रमा, ‘सडक यथास्थितिमा पुनस्थापना गरिदिनु हुन भनी मिति २०८१–२–१३ मा पुनः अनुरोध भएकोमा हालसम्म पुनस्थापना भएको देखिएन। नेपालको प्रचलित कानून भन्दा ठूलो कोही नहुने र प्रचलित कानून अक्षरस पालाना गर्नु पर्ने कर्तव्य एवं दायित्व सबैको हुने कुरा तहाँ महानगरपालिकालाई विदितै छ।’

डिभिजनले ‘तसर्थ, तहाँबाट भत्काइएको सडक खण्ड २ दिनभित्र पुनस्थापना गरिदिनु हुन अनुरोध छ। अन्यथा सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारवाही प्रक्रिया अगाडि बढाउने व्यहोरा समेत अनुरोध छ’ भनेर चेतावनी दिएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ १७, १५: ५१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ जेष्ठ १७, १५: ५१

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ जेष्ठ १७, १५: ५१

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...