भीमफेदी जुरिखेतमा कार दुर्घटना हुँदा ३ को मृत्यु – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

भीमफेदी जुरिखेतमा कार दुर्घटना हुँदा ३ को मृत्यु

मकवानपुर। मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा भएको कार दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।

दुर्घटनामा परेर घाईत भएका दुईजनाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मृत्यु हुनेमा एक बालिका र दुई पुरुष रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीका अनुसार घाइते दुवैजना महिला हुन्। उनीहरुको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ।

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा.६च ९३७९ नम्बरको कार अनियन्त्रित भएर सडकबाट करिब दुई सय ५० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ १७, १७: ११

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ जेष्ठ १७, १७: ११

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८१ जेष्ठ १७, १७: ११

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...