मोबाइल ब्यवसायी महासंघको महाधिवेशन २५ जेठमा, नयाँ नेतृत्व चयन हुँदै – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

मोबाइल ब्यवसायी महासंघको महाधिवेशन २५ जेठमा, नयाँ नेतृत्व चयन हुँदै

काठमाडौं। नेपाल मोबाइल व्यवसायी महासंघले मोबाइल मर्मतका समयमा व्यवसायीहरुले झमेला भोग्नु परिरहेको बताएको छ।

काठमाडौंमा विहीबार पत्रकार सम्मेलन गर्दै महासंघले मोबाइल मर्मतमा देखिंदै आएको कानुनी समस्याको समाधानतर्फ सरकारले चासो देखाउनु पर्ने बताएको हो।

महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले मोबाइल मर्मतका समयमा व्यवसायीहरुलाई असहज अवस्था रहेको र व्यवसायीहरु अनावश्यक झमेलामा पर्ने गरेको बताए।

‘चोरी भएका, हराएका मोबाइलहरु मर्मतका लागि व्यवसायीहरुसम्म आइपुग्दा सो बारे व्यवसायी जानकार नरहने तर मर्मतपछि प्रहरी प्रसासनसँगको समन्वय र कानुनी व्यवस्थाको अभाव हुँदा व्यवसायीहरु अनावश्यक झमेलामा पर्ने गरेका छन्, यो समस्या समाधान गर्न कानुनी रुपमा बाटो खोज्नु पर्छ,’ अध्यक्ष भट्टराईले भने।

भट्टराईले भन्सार छलीमार्फत भित्रने (ग्रे मोबाइल फोन)ले बजारको अवस्था बिग्रदो अवस्थामा पुर्याएको समेत बताए। जसका कारण सरकारको राजश्वमा घाटा भइ देशको अर्थतन्त्रमा नकरात्मक असर बढ्दो रहेको उनको भनाइ छ। त्यस्तो कारोबार रोक्न सरकारले तत्काल नीति बनाउनु पर्ने उनले माग गरे।

संघका महासचिव रमेश घिमिरेले मोबाइल सेटको दोस्रो विक्री (सेकेण्ड ह्यान्ड कारोबार) मा सरकारको नीति प्रष्ट नहुँदासमेत विक्री सहज हुन नसकेको बताए।

‘मोबाइलको सेकेण्ड ह्यान्ड कारोबारमा सरकारको नीति प्रष्ट छैन, नीति नहुँदा विक्री पनि सहज छैन, जसका कारण व्यवसायीहरु मारमा छन्, यसलाई व्यवस्थित बनाउँदा दोस्रो पटकको विक्रीको अवस्था बढ्ने र देशको पैसा देश भित्रै रहने वातावरण बन्ने छ, यो किसिमको कारोवार गर्न वैध व्यवस्था नहुँदा उपभोक्तासमेत मारमा छन्’ महासचिव घिमिरेले भने।

नेपालमा मोबाइल एसोसरिजको अन्डर विलिङको कारोबारसमेत बढ्दो रहेको महसंघले जनाएको छ । त्यस्ता एसोसरिजहरु भन्सार भएर आउँदा नै सरकारले कडा रेखदेख र नीति कायम गर्न नसक्दा त्यसको मार साना व्यवसायीहरुले भोग्नु परिरहेको महासंघको दाबी छ।

महासंघको दोस्रो केन्द्रीय महाधिवेशन तथा तेस्रो साधारणसभा अगामी २५ जेठमा काठमाडौंमा हुँदैछ । संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले महाधिवेशनको उद्घाटन गर्ने तयारी छ। महाधिवेशनबाट संघको आगामी नयाँ नेतृत्व चयन हुने छ।

२०७६ मा तदर्थ समिति निर्माण भइ २०७८ असार २७ गते काठमाडौं जिल्ला प्रसासन कार्यालयमा दर्ता भएको नेपाल मोबाइल व्यवसायी महासंघको सात प्रदेशसहित ७० जिल्लामा शाखा छ । महासंघमा करिब २० हजार व्यवसायी जोडिएका छन् भने महाधिवेशनमा भने सात प्रदेशका ७० जिल्लाबाट करिब एक हजार प्रतिनिधि सहभागी हुने छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ १७, १८: ३०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०८१ जेष्ठ १७, १८: ३०

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ जेष्ठ १७, १८: ३०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...