गिरीवन्धुदेखि सहकारी ठगी प्रकरणमा सत्ताधारी दलकै नेताहरु संलग्न हुनु दुर्भाग्यपूर्णः नेता महर – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

गिरीवन्धुदेखि सहकारी ठगी प्रकरणमा सत्ताधारी दलकै नेताहरु संलग्न हुनु दुर्भाग्यपूर्णः नेता महर

काठमाडौं। नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले गिरीबन्धु टी स्टेटमा भएको भ्रष्टाचारदेखि सूर्यदर्शन सहकारी ठगी प्रकरणसम्म सरकारमा संलग्न पार्टीका प्रमुख नेताहरू नै संलग्न हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन्।

नेपाली कांग्रेसको जिल्ला कार्यसमितिले सञ्चालन गरेको प्रशिक्षक प्रशिक्षण तालिम समारोहका प्रमुख अतिथि भएका नेता महरले अहिलेको गठबन्धन सरकारले नेपाली जनताको सार्वजनिक सम्पत्तिको दोहन मात्रै गरिरहेको बताए।

कांग्रेसको भर्खरै सम्पन्न बैठकमा गिरीबन्दु टी स्टेटमा भएको अर्बौं रकम चलखेलको पर्दाफास गर्न आफूले प्रस्ताव गरे पनि निर्णय बाहिर आउँदा त्यस विषयमा नलेखिएको उनको भनाई थियो।

नेता महरले सहकारी ठगीको मारमा परेका ७० लाख जनताले न्याय नपाएसम्म कांग्रेसको लडाइँ जारी रहने समेत बताए।

‘जनताको नजरमा दोषी प्रमाणित भइसकेका पार्टीका नेता र पार्टीलाई कारबाहीको दायरामा ल्याउन तथा पीडित जनताले सञ्चित गरेको रकम फिर्ता गर्न कांग्रेस संसदीय छानबिन समितिमा मात्रै भर पर्नु हुँदैन’, नेता महरले भने, ‘जनपेक्षानुसार सदनदेखि सडकसमम संघर्ष जारी नै राख्नुपर्छ।’

कांग्रेसका नेता–कार्यकर्ता मनबाटै जनमुखी हुनु आवश्यक रहेको बताउँदै उनले आज जलवायु परिवर्तनका कारण नेपालका हिमालहरू खाली हुँदै गएको र त्यसको असर वातावरणमा परेकोप्रति चिन्ता व्यक्त गरे।

जनवायु परिवर्तनका कारण तराई क्षेत्रमा अत्याधिक तामक्रम बढेर जनता कष्टकर जीवन विताउन बाध्य रहेकाले जलवायु परिवर्तनको असर न्यूनिकरणबारे पार्टीले सबै तहमा प्रशिक्षणात्क सचेतना अभियानमा जुट्नुपर्ने महरको धारणा छ ।

राजनीतिक इतिहासमा राप्रपा, माओवादी, मधेशी जनधिकार र साझा विवेकशील पार्टीको कुनै बेला ठूलै आकार र स्याल हुँय्या भएको प्रसङ्ग उठाउँदै महरले अहिले भने ती पार्टीलाई अस्तित्व बचाउनै गाह्रो परिरहेको बताए।

‘अहिले नयाँ आएका राजनीतिक दलहरूको गतिविधि र भूमिकाले अर्को चुनावसम्म उनीहरुको पनि बिजोग हुने निश्चित छ,’ उनले भने।

५३ जना जिल्लास्तरीय नेताहरूको सहभागिता रहेको प्रशिक्षणमा कांग्रेस केन्द्रीय सदस्य डा.गोविन्द पोखरेल, अजयबाबु शिवाकोटी, प्रकाश स्नेही, प्राध्यापक कृष्ण पौडेल, कांग्रेस नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका निर्देशक डा.सुरेश आचार्य, कांग्रेस चितवनका सभापति राजेश्वर खनाल लगायतले प्रशिक्षण दिएका थिए।

 

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ २०, १५: ०४

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ जेष्ठ २०, १५: ०४

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ जेष्ठ २०, १५: ०४

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...