गृहमन्त्रीको भनाई संसदको रेकर्डबाट नहटाए त्यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छः थापा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

गृहमन्त्रीको भनाई संसदको रेकर्डबाट नहटाए त्यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छः थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदको रोष्टममा उभिएर उपप्रधानमन्त्री तथा गृहमन्त्री रबी लामिछानेले संसद सदस्यमाथि दोषारोपण गरेका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा आकस्मिक समयमा बोल्दै कांग्रेस महामन्त्री समेत रहेका थापाले गृहमन्त्रीका अभिव्यक्ति संसदको रेकर्डबाट नहटाए त्यसको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालले लिनु पर्ने बताए।

गृहमन्त्रीले संसदमा सम्बोधनका क्रममा बोलेका विषयमा अब हिसाब किताब प्रधानमन्त्रीसँग मागिने जनाउँदै उनले भने, ‘हामीले त हिसाब–किताब लिनै पर्छ। यो हिसाब किताब गृहमन्त्रीसँग लिएर अर्थ भएन। हिसाब किताब त प्रधानमन्त्रीसँगै लिने हो।

थापाले सहकारीको रकम अपचलनका विषयमा छानबिन गर्न गठित संसदीय छानबिन समितिले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पनि बयान लिने बताएका छन्।

‘सहकारीको विषय मात्रै होइन, यो कानुनभन्दा माथि कोही छ कि छैन भन्ने समितिले देखाउँछ। कहिले सत्ताको शक्तिले दुरुपयोग गर्छ त कहिले लोकप्रीयताले पनि सत्ताको दुरुपयोग गर्छ’, थापाले भने, ‘तीन अर्ब बढी सहकारी पीडित लाखौं यतिवेला सडकमा गएका छन्। यो समितिले जस्तोसुकै अवस्थामा पनि विधिको शासन तलमाथि हुँदैन भन्ने देखाउँछ।’

आफूहरुले संसद नियमित चल्न नपाउँदा राख्न नपाएको विषय धेरै विषय रहेको भन्दै हमासले अपहरण गरेका विपिन जोशीको वारेमा ,रुसमा भर्ना भएका नेपाली दाजुभाईको अवस्थाका वारेमा, अनसन वसिरहेको अपाङ्ग दिपक अधिकारीको मागको बारेमा सरकारका मन्त्रीलाई बोलाएर एक एक प्रश्न गर्न वाँकी रहेको बताए।

उनले दुग्ध किसानले आफूले बेचेको दुधको भुक्तानी नपाएको, निर्माण व्यवसायीले काम सम्पन्न गरेर पनि भुक्तानी नपाएको, सगरमाथामा ट्राफिक चापले गर्दा आरोहीहरुको मृत्यु भएको घटनाको वारे ससरकारसँग प्रश्न सोध्नु पर्ने खाँचो रहेको बताए।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ २०, १७: १०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ जेष्ठ २०, १७: १०

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ जेष्ठ २०, १७: १०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...