मापसे गरेकालाई ट्राफिक स्वयंसेवकमा खटाउने गृहमन्त्रीको निर्णय सर्वोच्चद्वारा खारेज – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

मापसे गरेकालाई ट्राफिक स्वयंसेवकमा खटाउने गृहमन्त्रीको निर्णय सर्वोच्चद्वारा खारेज

काठमाडौं। सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवक खटाउने गृहमन्त्री रवी लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि आइतबार कारणदेखाऊसहित अन्तरिम आदेश जारी भएको हो।

सर्वोच्चमा कृष्ण विकसहितले शुक्रबार गृहमन्त्रीको निर्णयविरुद्ध रिट दायर गरेका थिए। गत जेठ १५ गते उपप्रधानमन्त्री समेत रहेका लामिछानेले सडकमा ट्राफिक नियम उल्लघंन गर्नेलाई स्वयंसेवकको रुपमा खटाउन फेसवुकमार्फत ट्राफिक कार्यालयलाई निर्देशन दिएका थिए।

गृहमन्त्रीको आदेश भन्दै ट्राफिक प्रहरीका हाकिमहरुले समेत मापसेमा कारबाही गरेको भन्दै सवारी चालकलाई ट्राफिक स्वयम्सेवकको रुपमा सडकमा उभ्याएका थिए। गृहमन्त्रीको उक्त निर्णयलाई समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुले मानवअधिकारको उल्लङ्घन र कानुनको खिल्ली उडाएको भन्दै विरोध जनाएका थिए।

सर्वोच्चले लामिछानेको सो निर्देशन तत्काल बन्द गर्न अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको थियो।

रिटमा सामान्य गल्तीमा समेत सडकमा उभ्याई बलपूर्वक सवारी नियमनको काममा लगाउँदा समग्र चालकहरूको हक हितमा गम्भीर असर परेको दाबी गरिएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ २०, १८: ५३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ जेष्ठ २०, १८: ५३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ जेष्ठ २०, १८: ५३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...