
काठमाडौं। काठमाडौं महानगरपालिकाले पैदलमार्ग विस्तार गर्ने उद्देश्यले खनेको न्युरोडको सडक डिभिजन सडक कार्यालय काठमाडौंले कालोपत्रे गर्न थालेको छ।
पैदलमार्गको आकार वढाउने भन्दै महानगरले खनेको सडक सम्याउन डिभिजन कार्यालयले महानगरलाई निर्देशन दिए पनि कार्यान्वयन नभएपछि कार्यालय आफैंले कालोपत्रे गर्न थालेको हो।
यसअघि सडक डिभिजन कार्यालयले महानगरले पीच काटेर खनेको सडक २ दिनभित्र निर्माण गर्न भन्दै चेतावनी समेत दिएको थियो। सात दिनसम्म पनि महानगरले कुनै वास्ता नगरेपछि
डिभिजन कार्यालयले आजदेखि सो सडक कालोपत्रे गरेर टाल्न थालेको हो।
काठमाडौं महानगरपालिकाले न्यूरोडको फुटपाथ क्षेत्र विस्तार गर्ने भन्दै जेठ १२ गते मा इन्द्रचोकदेखि जुद्धशालिकतर्फ जाने विशाल बजार अगाडिको सडकको कालोपत्रे काटेको थियो । त्यसक्रममा कार्यालयले महानगरको निर्माण सामग्रीसमेत नियन्त्रणमा लिएको थियो।
डिभिजन सडक कार्यालयले आफैं पिच गर्न थालेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टीस्टेटसँग जोडेर आक्रोस पोखेका छन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...