
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी–स्टेट जग्गा सट्टाभर्ना प्रकरणमा नीतिगत भ्रष्टाचार गरी १० हजार करोडको काण्ड लुकाउन खोजेको दाबी गरेका छन्।
उनले सोमबार सामाजिक सञ्जाल फेसवुकमा स्टाटस पोष्ट गर्दै गिरीवन्धु घोटाला प्रकरणलाई विषयान्तर गर्न न्युरोडको बाटो बनाउन लगाएको आरोप लगाएका छन्।
मेयर वालेनले गिरीवन्धुमा पीडित भएकाको बैना रकम फिर्ता गर्न चेतावनी दिँदै ‘नत्र जेल परिएला’ भनी टिप्पणी गरेका छन्।
कोहि नयाँ आएर फाइल पल्टाउला र जेल जानु पर्ला भन्दै उनले १० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउन चेतावनी दिएका छन्।
ओलीआफ्ना कर्तुत लुकाउन महानगरद्वारा न्युरोडमा फुटपाथ विस्तारको लागि खनेको सडक पुरेर पीच गर्न लगाएपछि वालेनले यस्तो प्रतिक्रिया दिएका हुन्।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठलाई भनेर ओलीले न्युरोडमा महानगरले खनेको सडक तत्काल पुरेर पीच गर्न निर्देशन दिएपछि सडक डिभिजन कार्यालय काठमाडौंले सोमबार नै सो सडकमा प्रहरी लगाएर पीच गरेको थियो।
यसअघि एमाले अध्यक्ष ओलीले काठमाडौंका मेयर बालेनले तानाशाही प्रवृत्ति देखाएको आरोप लगाएका थिए।
उनले महानगरले हालै सडक विभाग र काठमाडौं डिभिजन सडक कार्यालयको गेट अगाडि फोहोर थुपारिदिएको घटनालाई लिएर तानाशाही प्रवृत्ति देखाएको टिप्पणी गरेका थिए।
हेर्नुस वालेनको स्टाटस जस्ताको तस्तै –

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...