काठमाडौंका मेयर बालेनको काममा अवरोध गर्नु हुँदैनः भण्डारी – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

काठमाडौंका मेयर बालेनको काममा अवरोध गर्नु हुँदैनः भण्डारी

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता तथा सांसद डा.चन्द्रकान्त भण्डारीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को काममा अवरोध गर्न नहुने बताएका छन्।

मेयर साहले काठमाडौंको न्युरोनस्थित सडक पेटी बिस्तार गर्न लाग्दा सत्तारुढ नेकपा एमालको अध्यक्ष केपी शर्मा ओलीले सडक डिभिजन कार्यालय काठमाडौंलाई दबाब दिएर काम गर्न नदिएको भनिरहँदा प्रमुख प्रतिपक्षी दल काँग्रेसका सांसद भण्डारीले यस्तो प्रतिक्रिया दिएका हुन्।

मेयर शाहलाई काम गर्ने कुरामा निरुत्साहित गर्न नहुने भन्दै डा.भण्डारीले केही नयाँ काम गर्छु भन्ने युवाहरुलाई काम गष्र्न दिनु पर्नेमा जोड दिए।

संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफमा उनले मेयर शाहमा केही गरौँ भन्ने हुटहुटी रहेकाले काम गर्न दिनुपर्ने बताए।

सांसद भण्डारीले गिरीबन्धु टि–स्टेट प्रकरण छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि माग गरे। सर्वोच्च अदालतले गिरीबन्धु टि स्टेटको जग्गा कौडीको भाउमा सट्टाभर्ना गर्ने ओली नेतृत्वको सरकारले जारी गरेको कानुनलाई नीतिगत भ्रष्टाचार भनी फैसला गरिसकेको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ २२, १२: ४५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ जेष्ठ २२, १२: ४५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ जेष्ठ २२, १२: ४५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...