यस वर्ष मनसुनजन्य विपदबाट नेपालमा १८ लाख मानिस प्रभावित हुने – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
जेठ ३१देखि असोज १७ गतेसम्म मनसुन

यस वर्ष मनसुनजन्य विपदबाट नेपालमा १८ लाख मानिस प्रभावित हुने

काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनजन्य विपदबाट ४ लाख १२ हजार घरधुरीका १८ लाख १ हजार मानिस प्रभावित हुने आंकलन गरेको छ।

गत वर्षको तुलनामा यो वर्ष वाढीबाट प्रभावित हुने मानिसको सङ्ख्या ६ लाखले बढी हो। २०८० सालको मनसुन अवधिमा प्राधिकरणले मनसुनजन्य विपदबाट १२ लाख ५४ हजार व्यक्ति र २ लाख ८६ हजार घरधुरी प्रभावित हुने अनुमान सार्वजनिक गरेको थियो।

गृह मन्त्रालयका अनुसार यस वर्ष प्रत्यक्ष प्रभावित हुनसक्ने घर परिवारको संख्या ८३ हजार र उद्धार तथा राहत दिनुपर्ने घर परिवारको संख्या १८ हजार हुने अनुमान छ।

गत वर्षको तुलनामा यो वर्ष मनसुन जेठ ३१ गते पूर्वबाट प्रवेश गरी तीन महिना १८ दिनपछि मात्र वाहिरिने आंकलन गरिएको छ । यति लामो मनसुनमा गत वर्षको तुलनामा बर्षा पनि ३५ देखि ५५ प्रतिशतसम्म बढी हुने देखिन्छ।

मनसुनको अवधि लामो र अधिक वर्षाका कारण कमजोर भू बनोट भएका पहाडी भू–भाग र नदी नियन्त्रण नगरिएका तराईका खोला नालाले क्षति पुर्याउने आंकलन गरिएको छ। मनसुनी वर्ष यो नेपालको पश्चिमी भू–भागको तुलनामा पूर्वी भागमा बढी हुने गर्छ।

यसवर्षको मनसुन अवधिमा अघिल्लो वर्षको तुलनामा बढी प्रभाव पर्ने आङ्कलनका आधारमा सेना, सशस्त्र र नेपाल प्रहरीको जनशक्ति पनि ३१ हजारभन्दा बढी परिचालन गर्ने योजना छ ।

नेपाली सेना १० हजार ८४७, नेपाल प्रहरी १० हजार ५८५ र सशस्त्र प्रहरी बल ९९२४ जना परिचालन गर्ने योजना छ। यी बाहेक स्काउट लगायतका स्वयंसेवक पनि परिचालन गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ।

गतवर्ष १० हजार ५१८ नेपाली सेना, ११ हजार ६६१ नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ९ हजार ४९० जना परिचालित भएका थिए।

प्राधिकरणले तयार गरेको पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१ सोमबार सार्वजनिक गर्दै सबैभन्दा धेरै कोशी प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेश मनसुनजन्य विपद्बाट प्रभावित हुने भएको छ।

कोशी प्रदेशमा मात्रै २२ हजार घर परिवार प्रभावित हुने र तीमध्ये पाँच हजार घर परिवारलाई उद्धार राहत आवश्यक पर्ने अनुमान गरिएको छ ।

विपद्बाट कोशी प्रदेशका चार लाख ९५ हजार तीन सय ५२ मानिस प्रभावित हुने अनुमान गरिएको छ । कोशीका झापा, मोरङ, सुनसरी र उदयपुर बाढीबाट र वाँकी सात पहाडी र तीन हिमाली जिल्लाहरु पहिरोबाट प्रभावित हुने अनुमान गरिएको छ।

यो वर्षको मनसुनबाट कोशीपछि सबैभन्दा धेरै मधेश प्रदेश वढी प्रभावित हुने भएको छ । प्राधिकरणअनुसार मधेश प्रदेशमा २० हजार घर परिवार प्रत्यक्ष प्रभावित हुने र चार हजारबढी घर परिवारलाई उद्धार र राहतको आवश्यक पर्ने देखिन्छ।

मनसुनबाट बागमति प्रदेशमा सात हजार घर परिवार प्रत्यक्ष प्रभावित हुने छन्। तीमध्ये एक हजार पाँच सय घर परिवारलाई राहत तथा उद्धारको आवश्यक पर्ने देखिन्छ ।

लुम्विनी प्रदेशमा १५ हजार पाँच सय परिवार प्रत्यक्ष प्रभावित हुने देखिन्छ। यो प्रदेशमा तीन लाख ३६ हजार मानिस प्रभावित भई एक लाख बढीलाई उद्धारको आवश्यक पर्ने बताईको छ ।

सुदूरपश्चिम प्रदेशमा पाँच हजार पाँच सय घर परिवारका दुई लाख ३३ हजार मानिस प्रभावित हुने देखिएको छ । गण्डकीमा एक लाख १० मानिस प्रभावित हुने देखिएको छ भने कर्णालीमा ५० हजार ४६४ मानिस प्रभावित हुने देखिन्छ ।

 

 

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ २२, १३: ५४

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ जेष्ठ २२, १३: ५४

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ जेष्ठ २२, १३: ५४

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...