
काठमाडौं। वर्तमान सत्ता गठबन्धनप्रति असन्तुष्ट बनेका माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीका सांसद प्रेमबहादुर आले भने अहिलेको सरकारमा जसरी पनि मन्त्री बन्न दौडधुपमा लागेका छन्।
सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउने तयारी गरेको बेला आले उनलाई रोक्दै आफै मन्त्री बन्न दौडधुपमा लागेका हुन्।
मन्त्री बन्नकै लागि आलेले माओबादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग समेत भेटेर अनुनय विनय गरिरहेका छन्।
मन्त्री बन्नका लागि आलेले सरकारमा सहभागी समाजवादीका एक मन्त्रीलाई फिर्तासम्म बोलाउन दबाब दिई रहेका छन्। आले यसअघि पनि पर्यटनमन्त्री रहिसकेका सांसद हुन्।
प्रधानमन्त्री दाहाल भने नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ पर्यटन मन्त्री बनाउने आश्वासन दिईसकेको भन्दै सत्ता गठबन्धनको अर्को घटक एमालेका अध्यक्ष ओलीलाई समेत बनाउन भनीरहेको स्रोतले बतायो।
प्रधानमन्त्री दाहाल माओबादीका नारायणकाजी श्रेष्ठ र वर्षमान पुनवाहेकका मन्त्रीलाई फिर्ता वोलाउने योजना बनाएर अन्य नयाँ अनुहारलाई मन्त्री बनाउन खोजीरहेको स्रोतले बतायो।
हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङलाई केही समय फिर्ता वोलाएर उर्जा मन्त्रालय दिने वा विना विभागीय मन्त्री बनाउने भन्नेमा प्रधानमन्त्री निर्णयमा पुगि नसकेको वालुवाटार स्रोत बताउँछ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...