
काठमाडौं। बलिउडकी चर्चित कलाकार कंगना रनौत भारतीय लोकसभा सदस्यमा सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट निर्वाचित भएकी छन्।
कंगनाले कांग्रेस उम्मेदवार विक्रमादित्य सिंहलाई हराउँदै हिमाञ्चल प्रदेशको मण्डी क्षेत्रबाट चुनाव जितेकी हुन्।
भारतीय निर्वाचन आयोगका अनुसार कंगनाले ७४ हजार ७ सय ५५ मतको अन्तरले सिंहलाई हराएकी हुन्। कंगनाले ५ लाख ३७ हजार २२ मत ल्याउँदा सिंहले ४ लाख ६२ हजार २ सय ६७ मत पाए। यसअघि यस क्षेत्रबाट सन् २०१९ मा भाजपा उम्मेदवार रामस्वरूप शर्माले चुनाव जितेका थिए।
कंगना केही वर्षदेखि विवाद र चर्चामा रहँदै आएकी छिन्। भारतीय फिल्म ‘द क्विन अफ झाँसी’को सुटिङको क्रममा तरबार लागेर घाईते हुनेदेखि लिएर डेंगुबाट संक्रमित हुँदा पनि चलचित्रमा अभिनय गरेर उनी चर्चामा आएकी थिइन ।
कोरोना संक्रमित भएर सिकिस्त भएकी रनौत १० हजार भारु पर्ने महङ्गो पर्स बोक्ने भारतीय अभिनेत्रीको रुपमा पनि चर्चित छिन्।
सँधै विवादमा आई रहने रनौत चार वर्षअघि सामाजिक सञ्जालमार्फत धार्मिक सद्भाव विथोल्न खोजेको उनीमाथि आरोप लागेको थियो।
उनीविरुद्ध मुम्वईको अँधेरी, वान्द्रादेखि लिएर तमुकुर९कर्नाटक०को क्याथासान्द्रा थानामा समेत एफआईआर दर्ता भएको थियो ।
काठमाडौं : सुनसरीको देवानगन्ज गाउँपालिका-३, कप्तानगन्जमा आइतबार राति भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक युवकको...
जनकपुरधाम : जनकपुरमा बढ्दो तनाव र स्थिति नियन्त्रणबाहिर जाने जोखिमलाई मध्यनजर गर्दै धनुषा प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।...
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले अघि बढाएको संविधान संशोधन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले...