
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पोखरामा सूर्यदर्शन सहकारी पीडितले कालो झण्डा देखाएका छन्।
बुधबार बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्री दाहाललाई सूर्यदर्शन सहकारीका पीडितहरूले कालो झण्डा देखाएका हुन्। प्रधानमन्त्री प्रचण्डलाई कालो झण्डा र ब्यानर देखाउने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सहकारी पीडितहरूले केही दिनदेखि पोखरामा विरोध प्रदर्शन गर्दै आइरहेका छन्। उनीहरुल्े सहकारीको रकम अपचलन गर्ने गृहमन्त्री रबी लामिछानेलाई जोगाउन प्रधानमन्त्री दाहालले भूमिका खेलेको भन्दै आक्रोस पोखेका थिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...