वाईड बडी जहाज मर्मतको ठेक्कामा अनियमितता आशंकामा नेबानीका अधिकारीमाथि अनुसन्धान हुँदै – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

वाईड बडी जहाज मर्मतको ठेक्कामा अनियमितता आशंकामा नेबानीका अधिकारीमाथि अनुसन्धान हुँदै

काठमाडौं। नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितका कर्मचारीमाथि वाइडवडी जहाजको मर्मतका नाममा अनियमितता गरेको आरोपमा अनुसन्धान भइरहेको छ।

नेपाल वायु सेवा निगम स्रोतका अनुसार जहाज मर्मतका लागि ‘एमआरओ’ गर्न ढिलोगरि बोलपत्र आव्हान गर्ने गरेको भन्दै उजुरी परेपछि उनीसहित उपेन्द्र पौडेलमाथि नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुसन्धान गरिरहेको हो।

उनीहरुले सार्वजनिक खरिद ऐनलाई लत्याउँदै बंगलादेशी एजेन्टको कम्पनीसँग साँठगाँठ गरेर अन्तिम समयमा टेन्डर खोल्ने गरेको भन्दै अर्थ मन्त्रालयमा उजुरी परेको थियो। उजुरीपछि अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले नेपाल नागरिक उड्ययन प्राधिकरणलाई पत्र लेखेको थियो।

महाशाखाले जेठ २ गते पठाएको पत्रमा उजुरीको व्यहोराका आधारमा कारबाही गरेर मन्त्रालयमा जानकारी गराउन भनेको छ।

अहिले सोही उजुरीमाथि अनुसन्धान भइरहेको प्राधिकरणका प्रवक्ता हशंराज पाण्डेले जानकारी दिए। ‘जहाजको मर्मतसम्भार समयमै हुनुपर्छ । मापदण्ड अनुसार उहाँहरुले समयै काम गर्नुभएको छ कि छैन भनेर हाम्रो चासो गएको छ’ उनले भने, ‘मर्मतका लागि समयमै प्रक्रिया नचाल्ने तथा अन्तिम समयमा आएर पहल गर्ने प्रश्न आएको छ । त्यो विषयमा हाम्रा ‘सेप्टी इन्स्पेक्टरहरुले अनुसन्धान गर्दै हुनुहुन्छ । त्यो छानविनको क्रममा छ ।’

नेवानिका कर्मचारीसँगै साँठगाँठ गर्ने एक बंगलादेशी एजेन्टको कम्पनीलाई विमान मर्मतको ठेक्का दिने सेटिङ भइरहेको भन्ने उजुरी अर्थ मन्त्रालयमा परेको थियो ।

हाल वायु सेवा निगमका अध्यक्ष रहेका अधिकारी, तत्कालीन खरिद अधिकृत उपेन्द्र पौडेल र एक कर्मचारी पोशक ज्ञवालीले पहिले पनि ‘एआइए’ नामक कम्पनीसँग मिलेर मर्मतको नाममा करोडौं कमिसन खाएको उजुरीमा उल्लेख छ।

विमानको पाटपूर्जा मर्मत गर्दा वास्तविकभन्दा ४ गुणा बढीको कोटेशन पठाएर यी तीनजनाले घोटाला गरेको भन्दै कुरा बाहिर आएको थियो ।

उनीहरुले सस्तोमा नभएर महंगोमा मर्मत गर्ने कम्पनीलाई ठेक्का दिने चलखेल गर्ने गरेको उजुरीमा उल्लेख छ।

अध्यक्ष युवराज अधिकारीले भने अख्तियार दुरुपयोग अनुसन्धानका आयुक्त किशोर कुमार सिलवाल आफ्नै मान्छे भएकाले प्रधिकरणका महानिर्देशकको फाइल खोलिदिने भन्दै धम्की दिने गरेको चर्चा निगममा हुने गरेको छ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ २३, १७: ३४

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०८१ जेष्ठ २३, १७: ३४

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ जेष्ठ २३, १७: ३४

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...