
काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतबीचको गहिरो सम्वन्धमा सकारात्मक गति कायम राख्न नेपालका समकक्षीसँग सहमत भएको जनाएका छन्।
भारतमा सम्मपन्न लोकसभा निर्वाचनमा प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले नेतृत्व गरेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले बहुमत ल्याएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएका दिए।
लोकतान्त्रिक गठबन्धनले बहुमत ल्याएसँगै सरकारको नेतृत्व पुनः मोदीले गर्न लागेको बेला नेपालका प्रधानमन्त्री दाहालको बधाई ग्रहणपछि प्रतिक्रिया दिँदै भारतीय प्रधानमन्त्री मोदीले दाहालको शुभकामनाका लागि धन्यवाद दिएका छन्।
सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री दाहालसँग कुरा गर्न पाउँदा अत्यन्तै खुशी लागेको भन्दै न्यानो शुभकामनाको लागि धन्यवाद व्यक्त गरेको जनाएका छन्।
मोदीले भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीलाई सुदृढ गर्ने हाम्रो साझा प्रतिबद्धतामाथि जोड दिँदै हाम्रो सम्बन्धमा सकारात्मक गति कायम राख्ने कुरामा सहमत भयौं’ भनेका छन् ।

काठमाडौं : सुनसरीको देवानगन्ज गाउँपालिका-३, कप्तानगन्जमा आइतबार राति भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक युवकको...
जनकपुरधाम : जनकपुरमा बढ्दो तनाव र स्थिति नियन्त्रणबाहिर जाने जोखिमलाई मध्यनजर गर्दै धनुषा प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।...
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले अघि बढाएको संविधान संशोधन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले...