सहकारी ठगहरूलाई राज्यले नै संरक्षण गरिरहेको छः चित्रबहादुर केसी – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
सहकारी पीडितमाथि पोखरामा प्रहरी दमन प्रकरण

सहकारी ठगहरूलाई राज्यले नै संरक्षण गरिरहेको छः चित्रबहादुर केसी

काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारीको बचत हिनामिनामा संलग्न ठगहरुलाई राज्यले नै संरक्षण गरिरहेको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको विहीबारको बैठकमा बोल्दै उनले बुधबार पोखरामा सहकारीको बचत फिर्ता नपाएर आन्दोलन गरिरहेकाहरू माथि सरकारले डन्डा बर्साएको दाबी गरेका हुन्।

‘हिजोभन्दा पहिले प्रधानमन्त्री पोखरा जाँदा ती सहकारीपीडितहरूले विनम्रतापूर्व बिन्ती पत्र हालेका थिए– हामीले खाइ नखाइ जम्मा गरेको पैसा, हाम्रो रगत पसिना सीमित टाठाबाठाले लुटे, खाए भने। त्यो विचलन गर्नेहरू अहिले कुनै कुनामा ढुक्कसँग बसेका छन्। ढोरपाटनका मेयर भूमिगत छन्। यी सबैलाई राज्यसत्ताले संरक्षण गरिराखेको छ’ उनले भने।

सांसद केसीले संसदमा भएका धेरै सांसदलाई पनि सहकारीको पैसा कसले अपचलन गरेको थाहा भएको जिकिर गरे।

उनले चोरलाई चौतारो र साधुलाई दण्डको शैलीमा सरकार प्रस्तुत भएको बताएका छन्। ‘सहकारीको बचत हिनामिना कसले गरेको छ भने राज्यसत्तामा जसको रजाइँ छ। अझ हुँदाहुँदा चोरलाई चौतारी, पीडितलाई दण्ड भनेझैं पीडितहलाई हिजो डन्डा बर्साइयो । कयौं अस्पतालमा छन्, कयौं बिलखबन्दमा छन् । यही हो? जसले लोकतन्त्र ल्याउन साथ दिए, उनैलाई अन्याय,’ उनले भने ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ २४, १७: २८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ जेष्ठ २४, १७: २८

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ जेष्ठ २४, १७: २८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...