
काठमाडौं। माओबादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले राजनीतिक पूर्वाग्रहको आधारमा विदेशमा रहेका ११ देशका राजदूतलाई फिर्ता वोलाउने निर्णय गरेको छ।
सरकारले भारत, अमेरिका, बेलायत, कतारसहित ११ देशका राजदूतहरूलाई फिर्ता बोलाएको हो। मन्त्रिपरिषद्को सिंहदरबारमा विहीबार बसेको बैठकले तत्कालीन नेपाली कांग्रेससहितको गठबन्धन सरकारको पालामा नियुक्त राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माकाअनुसार भारत, बेलायत, संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, कतार, साउदी अरब, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका लागि राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय भएको हो।
सरकारले फिर्ता वोलाएका नेपाली राजदूतहरुमा भारतका लागि शङ्कर शर्मा, संयुक्त राज्य अमेरिकाका लागि श्रीधर खत्री, वेलायतका लागि ज्ञानचन्द्र आचार्य, इजरायलका लागि कान्ता रिजाल, कतारका लागि डा.नरेशविक्रम ढकाल, साउदी अरवका लागि नवराज सुवेदी रहेका छन्।
त्यस्तै, मलेसियाका लागि डिल्लीराज पौडेल, डेनमार्कका लागि डा.रामस्वार्थ राय, स्पेनका लागि डा.शर्मिला पराजुली, पोर्चुगलका लागि सनिल नेपाल र दक्षिण कोरियाका लागि डा.ज्योति प्याकुरेल भण्डारी रहेका छन्।
कतारका लागि नेपाली राजदूत डा.नरेशविक्रम ढकालले विगत ३० वर्षदेखि अरब राष्ट्रबाट एक जना पनि राष्ट्राध्यक्षको भ्रमण हुन नसक्दा कतारका अमिरको भ्रमण गराएर सफल कुटनीतिज्ञको उदाहरण देखाएका थिए।
सरकारले फिर्ता वोलाएको भनिएका पोर्चुगलका राजदूत सनिल नेपालले जिम्मेवारी समेत सम्हाल्न पाएका थिएनन् । पोर्चुगलमा राजदूतावास स्थापना समेत भइसकेको छैन ।
काठमाडौं : सुनसरीको देवानगन्ज गाउँपालिका-३, कप्तानगन्जमा आइतबार राति भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक युवकको...
जनकपुरधाम : जनकपुरमा बढ्दो तनाव र स्थिति नियन्त्रणबाहिर जाने जोखिमलाई मध्यनजर गर्दै धनुषा प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।...
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले अघि बढाएको संविधान संशोधन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले...